बाग्लुङ्गे समाज बेलायतको नयाँ कार्य समिति को पहिलो बैठक सम्पन्न

बाग्लुङ्ग समाज बेलायत ( BSUK) को नयाँ कार्यसमिती चयन भएको केही हप्ता पश्चात् आइत्बार 2 दिसेम्बर 2018 को दिनमा फर्न्बोरो कमुनिटी सेन्टर लाइब्रेरी हलमा कार्य समितीको पहिलो बैठक सम्पन्न भयो ।

बाग्लुङ्गे समाज बेलायतको चौँथो अधिबेशन सम्पन्न

बाग्लुंगे समाज बेलायत (BSUK) को चौथो अधिभेशन आज फार्नबोरो कम्युनिटी सेन्टर, फार्नबोरो मा समाजका अध्यक्ष्य दिपक कुमार काउचा को सभापतित्वमा अति सौहार्द पूर्ण वातावरणमा सम्पन्न भएको थियो

नवनियुक्त अदक्ष्य बाग्लुंगे समाज यु के हार्दिक बधाई

बाग्लुङ्गे समाज बेलायत को अध्यक्ष्य जस्तो गरिमामय पदभार ग्रहण गर्नु भएकी समाजसेबी श्रीमती छाबिमायाँ पुन ज्यु लाई बाग्लुङ्गे समाजका सम्पूर्ण सदस्यको तर्फबाट बधाई साथै सपुर्ण कार्यकारिणी सदस्यज्युहरुलाई पनि बधाईको साथमा आफ्नो कार्याकाल सफल रहोस् हार्दिक मंगलमय शुभकामना !

बाग्लुङ्गे समाज यु के को दशैं तथा तिहार धमाका २०१८

बाग्लुङ्गे समाज यु के को दशैं तथा तिहार धमाका २०१८ यहि ६ अक्टोबर २०१८, सनिबारको दिन फार्नबरोमा सम्मपन्न भएको थियो ! समाजका अधक्ष्य दिपक काउचा लगायत उक्त दिनका प्रमुख अतिथिहरु लेप्टिनेन कर्नल बिजय रावत, लेप्टिनेन कर्नल याम राना, लेप्टिनेन कर्नल टोल खाम्चा लगाएतका प्रतिष्ठित ब्यक्तितोहरुको बाहुलीबाट पानसमा बत्ति प्रजोलन गरि उक्त दिनको कार्यक्रम उत्घाटन गरिएको थियो ! साथै उक्त दिन बाग्लुङ्गे समाजको दशौँ बार्षिक उत्सबमा आमन्त्रित नेपाली राष्ट्रिय कलाकारहरु जय लक्ष्मी छन्तेल पुन, जुना श्रीस मगर तथा बालचन्द्र बराललाई सम्मान पत्र सहित खादा ओढाएर बिदाई कार्यक्रम पनि सम्पन्न गरिएको थियो ! कलाकारहरुको उत्कृस्ट प्रस्तुतिले बाताबरण निकै उल्लासमय बनेको थियो ! साथमा QOGLR का भाईहरुको खुकिरी नाच सहित अन्य प्रस्तुतिले हल निकै गुन्जायमान बनेको थियो ! अन्त्यमा कार्यक्रम ब्यबस्थापक क्याप्टेन रुद्र छन्तेलज्युले कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण पाहुनाहरुलाई धन्यवाद दिएर कार्यक्रम समापन गरिएको थियो !