आर्थिक सहयोगको लागि आह्वान !

आर्थिक सहयोगको लागि आह्वान !

Please share this news to the world !

जंग पुन
मेडिया सेक्रेटरी बा स यु के

सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु जो बेलायतलाई कर्मथलो बनाउदै आउनु भएकोछ, यहाँहरुले नेपालमा विभिन्न दुखद बिपत्ती परेका बेला सहयोग गर्दै आउनु भएको छ । गत १७ भाद्र २०७७ राती परेको भीषण बाढीको कारणले बाग्लुङ्ग जिल्ला ढोरपाटन न पा अन्तर्गत वडा न ७,८,९ पुरै गाउँ ध्वस्त भएको समाचार धरै सामाजिक सन्जाल देखि हेरिसक्नु भएको छ। नेपालकै अतिनै चर्चित इन्द्रेणी कार्यक्रमका सन्चालक कृष्ण कडेलज्यु र स्पष्ट बक्ता रमेश प्रसाइज्यु अनि उहाँहरुको सम्पुर्ण टिमको स्थलगत रिपोर्टिङ हेर्दा पकै पनि जो कोहिको आँखादेखि बलेन्धारी आँसु नबग्ने सायद कोहि हुनु हुन्न होला । त्यो प्रकारको घटना हजुर हामीह कसैले पनि सोच्नु नसकिने अतिनै दुखद घटना थियो । यी यस्ता बिपत्तिमा परेका, धनजन समेत गुमाउनु भएका परिवारहरुलाई केही राहत मिलोस भन्ने हेतुले बागलुङ्ग समाज बेलायतको पहलमा पनि आर्थिक सहयोग सन्कल्न हुन गैरहेको छ । र अब समयावधि अन्तिम हुन गैरहेकोले सम्पुर्ण लाई ढिला नगरी सहयोग गरिदिनु हार्दिक अपिल गर्दछौ ।यहाँहरुको सहयोगले ती घरबार अनि परिवार बिहिन हुनु भएका परिवारलाई ठूलो राहत मिल्नेछ। यहाँहरुलाइ पनि ठूलो पुन्य मिल्नेछ । पक्कै पनि यी यस्ता घटनाहरुलाई खाली तुलुतुलु हेरेर मात्र बस्नु हुन्न होला भन्ने ठूलो आसा अनि बिस्वास पनि छ ।
धन्याबाद ।

जङ्ग पुन
मिदिया सेक्रेटरी
BSUK

Nanda Pun/ Web Editor BSUK