आर्थिक सहयोग हस्तान्तरण

आर्थिक सहयोग हस्तान्तरण

Please share this news to the world !
सेवा नै धर्म हो भन्ने एउटा भनाइ लाई सधै भरी आत्मासाथ गर्दै बाग्लुङ्ग समाज बेलायतले पनि आफ्नै गृह जिल्ला विभिन्न प्रकारका बिमारी जो उपचार गर्नु आर्थिक अवस्था कमजोर भएका बिरामी हरुलाई बिगतका दिन देखि नै निरन्तरता दिदै आर्थिक सहयोग जुटाउदै सहयोग गर्दै आएको छौ ।
एसै क्रममा अर्को पिडित बागलुङ्गे जिल्ला, जैमुनी नगरपालिका, वडा नं 3 नेपाने दबदबे निवासी बाबा श्री दिलबादुर क्षेत्री र आमा पुर्नकला पुन क्षेत्रीका छोरा रनबाहादुर क्षेत्री(कमल) को दुवै मिर्गौला फेल भै उपचारको क्रममा पोखरा हुदै काठमान्दौमा डाइलोसिस गर्दै गरेको हुदा र आफ्नै श्रीमती बाट मिरगौला प्रत्यारोपण गर्ने भएको हुदा र निजको आर्थिक अवस्था पनि निकै कमजोर भएको हुदा बाग्लुङ्ग समाज बेलायतका मिडिया सेक्रेटरी जङ्ग पुन र सबै गाउका बेलायत बासिहरुको संयोयुक्त अभियानलाइ साथ दिदै श्री दल थापाज्युको नेर्तृत्वामा सम्पुर्ण बाग्लुङ्गे हरु जो बेलायतलाइ कर्म थलो बनाउदै आउनु भएका सम्पुर्ण बाग्लुङ्गेहरु द्वारा आर्थिक सङृलन गर्नु सफल भएको थियो र उठेको विवरण एस प्रकार् छन बाग्लुङ्ग समाज बेलायतका सदस्यहरु द्वारा जम्मा £ 2300.00 र उक्त रकम नेपाल पठाउने दिनको दरभाउ £ 1= नेपाल्ली रु 163.00 भएको हुदा जम्मा नेपाली रुपया 3,74,,900 अक्षरुपि तीन लाख चौहत्तर हजार नौ सय हुन गएको थियो र उक्त रकम गाउँकै माध्यामिक बिध्यालयका पुर्ब प्रधानअध्यापक समाज सेवि अतिनै कार्याशिल ब्याक्तित्व आदरणीय श्री खदानन्द सापकोटा ज्युको रोहबरमा अहिले देश तथा बिदेसमा अतिनै लोकप्रिय कार्याक्रम, सम्पुर्ण नेपालिहरुको मन मस्तिष्कमा बस्नु सफल हुनु भएको बिशुद्ध मानव मन्दिर इन्द्रेणी को प्राङ्गणमा सन्चालक यो कलि युगका कृष्ण श्री कृष्ण कडेलज्युको तर्फ देखि पिडित रन बाहादुर क्षेत्री ज्युलाइ हस्तान्तरण गर्नु हामी सबै गाउका बेलायत बासीहरु, दाजु भाइहरु माझ भर्चुअल मीटीङ्ग गरि निर्णय गरिएको थियो र गत सोमबार ८ मार्च २०२१ को दिन हस्तान्तरण कार्य सम्पन भएको हाम्रा पुर्ब प्रधानध्यापक श्री खदानन्द सापकोटा ज्युले जानाकारी दिनु भयो ।

समाजका अध्यक्ष श्रीमती छबिमाया पुनज्युले यो सहयोग जुटाउनु मद्दत् पुर्याउनु हुने सम्पुर्ण कार्यसमितीज्यु हरु सम्पुर्ण सहयोगी महानुभावहरु विशेष त जुन आर्थिक सहयोग भुमिका निभाउनु हुने समाजका मिडीया सेक्रेटरी जङ्ग पुन् ज्यु लगाएत गाउका सबै अभियानकर्ताहरु जसले हस्तेमा हैसे गर्दै यो कार्यालाइ सयुक्त रुपमा अगाडि बढाउनु मद्दत गर्नु हुनेहरु याम बहिकज्यु , याम थापाज्यु, तुल पुनज्यु, जय पुनज्यु, गिरि बहिकज्यु, प्रेम थापाज्यु, न्याम थापाज्यु, र मीन थापाज्यु साथै यो अभियानमा आर्थिक सङ्कलन अहोरात्र खटीनु हुने श्री दल थापाज्यु लाई धेरै धेरै धन्याबाद दिनु भयो ।

साथै यो पबित्र इन्द्रेणी कार्याक्रमका सन्चालक श्री कृष्ण कडेलज्यु लगाएत सम्पुर्ण इन्द्रेणी परिवार लाई पनि यो महान कार्य प्रती बाग्लुङ्ग समाज बेलायतको तर्फ देखि धन्याबाद टक्र्याउनुको साथै आउदा दिनहरुमा पनि निरंतरता दिदै दुखी गरिब, निमुखा, अशक्त, बिरामीहरुको उपचार गर्दै पुन्य कामको लागि अगाडी बढ्नुको लागि हार्दिक शुभ कामना ब्याक्त गर्नु भयो ।साथै मिरगौला पिडित रन बाहादुर क्षेत्रीज्युको र उहाको धर्म पत्नीको पनि शुस्वास्थ्याको कामना साथै सिघ्र स्वास्था लाभ कामना दिनु भएको छ । साथै सम्पुर्ण जैमुनी 3 गाउका निम्न उल्लेखित ब्याक्तित्व हरुज्यु द्वारा इन्द्रेणी ब्याबस्थापनको लागि छुट्टै आर्थिक प्रति ब्याक्ति £ 20 सन्कल्न गरि जम्मा £ 360 को जम्मा ने रु 58,560 पुर्ब प्रधानाध्यापक श्री खदानन्द सापकोटा ज्युको तर्फ देखि हस्तान्तरण गरिएको थियो । र वाह आदरणीय सर श्री खदानन्द सापकोटा ज्युलाइ हामी सम्पुर्ण को तर्फ देखि धन्याबाद दिनु चाहन्छौ ।

उठेको £20 X 18 = £360
एक्स्चेन्ज दर £300 x NCR 163 = 48,900 पछि थप पठाउदाको दर £60 X NCR 161 = 9,660
जम्मा ने रु 58,560

नामावली एस प्रकार छ ।

१: कल बाहादुर थापा
२: दिल बाहादुर थापा बहिक
३: जङ्ग पुन
४:याम बहिक
५: याम थापा
६: तुल पुन
७: जय पुन
८: गिरि बहिक
९: दल थापा
१०: प्रेम थापा
११: न्याम थापा
१२: मीन थापा
१३: नन्दकली पुन छन्त्याल
१४: लिलावती पुन छन्त्याल
१५: कौशिला छन्त्याल
१६: खिरमती छन्त्याल
१७: छबिमाया पुन (बा.स. बेलायत अध्यक्ष )
१८: इन्द्रमती पुन:

धन्याबाद
जय बाग्लुङ्गे समाज बेलायत
जङ्ग पुन
मिडीया सेक्रेटरी
BSUK

फोटो साभार
हाल प्राप्त भएको छ र भबिस्यमा इन्द्रेणी द्वारा प्रसारण हुनेमा ढुक्क रहेकाछौ ।
पुर्ब प्रधानअध्यापक
खडानन्द सापकोटा
काठमाडौँ  नेपाल
 
Nanda Pun/ Web Editor BSUK

Comments are closed.