आर्थिक सहयोग हस्तान्तरण

आर्थिक सहयोग हस्तान्तरण

Please share this news to the world !
सेवा नै धर्म हो भन्ने भनाइ लाई प्राथमिकातामा राख्दै बाग्लुङ्ग समाज बेलायतले नेपालमा दुखी गरिब बिरामीहरु जो आर्थिक अवस्था कमजोरी भएकै कारणले विभिन्न प्रकारका रोगसङ्ग छटपटाई रहेकाहरुलाइ निरन्तर केही हद सम्म भए पनि मलमपत्ती लागाउने कार्य गर्दै आएको छ। यसै क्रममा बाग्लुङ्ग जिल्ला काठेखोला गाउँ पालिका वार्ड न ८ ( सबिक लेखानी गा बि स वडा न ५) निवासी भवानी शंकर सुनारको छोरा, २९ बर्शिय टोपबाहादुर सुनारको दुवै मृगौला फेल भएर काठमान्दौ टिचिङ्ग हस्पिटलमा उपचार भैरहेको साथै मृगौला प्रत्यारोपण गर्नुको लागि घरको आर्थिक अवस्था ज्यादै कमजोर भएको हुदा बाग्लुङ्ग समाज बेलायतका अध्यक्ष श्रीमती छबिमाया पुनज्युको कार्य समितिको पहलमा गाउकै सकृय सदस्य प्रेम छन्त्याल ज्युको संयोजकत्वमा आर्थिक सहयोग सड्ढलन भएको थियो । आर्थिक रकम जम्मा £2311.उठेको र नेपाल पठाउने दिन सम्मको दर भाउ £1= ने रु 164. भएको हुदा, ने रु 3,80,334.00 तीन लाख अस्सि हजार तीन सय चौतिस रुपया भएको जानकारी प्रेम छन्त्यालज्युले समाजको भाइबर पेजमा राखी सक्नु भएको छ ।साथै उक्त रकम 26 अप्रिल २०२१ को दिन WorldRimit द्वारा नेपाला पठाइएका र ३ मे २०२१ को दिन काठेखोला गाउँ पालिका वडा न ४ कि अध्यक्ष श्रीमती चित्रा छन्त्याल श्रीसज्युको रोहबरमा बिमारी टोपबहादुर सुनारज्युलाई रकम हस्तान्तरण गरिएको जानाकारी प्राप्त भएको छ ।
अध्यक्ष श्रीमती छबिमाया पुनज्यु, कार्यसमितिहरु, साथै सम्पुर्ण बाग्लुङ्गे धन मन तनका धनिहरु द्वारा उहाँको शिघ्र स्वास्थ्यलाभको कामना साथै रकम हस्तान्तरणमा सहयोग पुर्याउनु हुने वडा अध्यक्ष चित्रा छन्त्याल् श्रीसज्यु लगाएत सम्पुर्णमा हार्दिक नमन गर्दछौ ।
जय बाग्लुङ्गे
 
जङ्ग पुन
मिदिया सचिब
बा स यु के
Nanda Pun/ Web Editor BSUK

Comments are closed.