आर्थिक सहयोग हस्तान्तरण – स्व. चित्रबहादुर बि क

आर्थिक सहयोग हस्तान्तरण – स्व. चित्रबहादुर बि क

Please share this news to the world !
बाग्लुङ्ग जिल्ला जैमुनी नगर पालिका वार्ड न ३ गौदाखर्क कालपातल निवासी चित्रबहादुर बि क को दुवै मृगौला फेल भै उपचार गर्न आर्थिक अवस्था ज्यादै कमजोर भएको हुदा बाग्लुङ्ग समाज यु के का अध्यक्ष श्रीमती छवि माया पुनज्युको कार्यासमिती समक्ष आर्थिक सहयोगको लागि समाजका सक्रिय सदस्य श्री गिरि बाहादुर बहिकज्युले अपिल गर्नु भएको थियो र अर्का सदस्य न्याम थापा बहिकज्युको नेत्रित्वमा  आर्थिक संकलन अगाडि बढिरहेको थियो ।तर यसै क्रममा मृगौला पीडित चित्र बाहादुर बि क को उपचारकै क्रममा दु:खद निधन भएको खबरले ज्यादै स्तब्ध बनाएको थियो र यसका अभियन्ता श्री गिरि बाहदुर बहिकज्युले तुरुन्त बाग्लुङ्गे समाज यु केका अध्यक्ष छवि माया पुनज्यु साथै माहासचिब मित्र थापाज्यु लाई खबर गर्नु भयो । र उहाँहरुको सल्लाह अनुसार सम्पुर्ण कार्यासमितिका पदाधिकारी ज्युमा यस बिषयमा सल्लाह सुझावको लागि परामर्श गर्नु भयो र बृहत् छलफल पश्चात आर्थिक सहयोगलाइ निरंतरता दिनु पर्ने सहमतिमा भयो ।
मृगौला पीडित चित्र बि कको देहान्त भए पनि परिवारहरुको आर्थिक अवस्था लाई मध्यनजर गर्दै धेरै सहयोगी मनकारी बाग्लुङ्गे हरुले आर्थिक सहयोगमा हस्तेमा हैसे गर्दै सन्कलित रकम जैमुनी ३ भरत्पुरी माध्यामिक बिध्यालयकी शिक्षिका दिलमाया बहिकज्युको संयोजक्त्वमा जैम्मुनी ३ का अध्यक्ष श्री बेद बाहादुर छन्त्यालज्यु द्वारा स्व. चित्र बहादुर बि क का श्रीमती अमृता बि कलाई भरतपुरी मा बि का प्रधानाध्यापक श्री होम बाहादुर पुनज्यु , हेलपोस्ट का प्रमुख श्री भिम बाहादुर पुनज्यु साथै कालपातल शिवलय नि मा बि का प्र अ श्री प्रेमबहादुर छन्त्यालज्यु, बन उपभोक्ता समितिका अध्यक्ष श्री सुर्य बाहादुर पुनज्यु लगाएत गाउका अन्य गन्यमान्य ब्याक्तित्वहरुको रोहबरमा हस्तान्तरण गर्नु भयो थियो।
Nanda Pun/ Web Editor BSUK

Comments are closed.