आर्थिक सहयोग- दिबस घर्ती

आर्थिक सहयोग- दिबस घर्ती

Please share this news to the world !
बाग्लुङ्ग समाज बेलायतले नेपालमा दुखी गरिब पीडित बिरामिहरुलाइ आर्थिक सहयोग कार्य लाई निरन्तर रुपमा अगाडी बढाउदै गैरहेकोछ । यसै क्रममा बाग्लुङ्ग जिल्ला, गल्कोट नगर पालिका, वडा नं ११ (साबिक रिघा गा बि स वडा नम्बर ७ पाता) निबासी स्वर्गीय दुर्गा बहादुर घर्तीको नाती, हाल रुपन्देही बस्ने श्री बुद्ध बहादुर घर्तीको छोरा, १४ बर्षिय किशोर दिवश घर्ती पढ्दै गरेको कलिलो उमेरमै ब्लड क्यान्सर जस्तो घातक रोगले ग्रसित भएर उनको उपचारमा धेरै खर्च भैसकेको छ। घरको आर्थिक अवस्था कमजोर भएकोले पिडीतको बाबा बुद्ध बहादुर घर्तिज्युले दिवशको जिबन बचाउन लाग्ने उपचार खर्च सहयोग गरी दिन बागलुङ्गे समाज युकेलाई निवेदन गर्नु भएको थियो।
बाग्लुङ्ग समाज बेलायतका अध्यक्ष श्रीमती छबिमाया पुनज्युको कार्यसमितिको पहलमा समाजकै महासचिब मित्र थापाज्युको नृतित्वमा आर्थिक सहयोग सम्पुर्ण बागलुङ्गे मनकारी सदस्यज्युहरु बाट र रिघाली आफ्नै गाउका सदस्यहरुज्युबाट संकलन जम्मा £2907 सन्कलन गरि £1= ने रु 163 दर भाउले ने रु ४,७३,८४० चार लाख तिरहत्तर हजार आठ सय चालीस हुन गएको थियो र सोही संकलित रकम गत २३ मार्च २१ को दिन काठमाडौँको सोनाम क्याफे एन्ड रेस्टुरेन्टको प्राङ्गणमा बाग्लुङ्ग समाज काठमाडौँका अध्यक्ष श्री भिम बाहादुर श्रीसज्यु र रिटायर्ड क्या याम बाहादुर बुढाथोकीज्युहरुको हातबाट पिडित दिवस घर्तीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बाग्लुङ्ग समाज बेलायतका अध्यक्ष श्रीमती छबिमाया पुनज्युले सम्पुर्ण बाग्लुङ्गे सहयोगी हातहरुलाइ साथै संयोजकको भुमिका खेल्नु हुने समाजका माहासचिब मित्र थापाज्यु साथै नेपालमा सहयोग गर्नु को लागि मद्दत पुर्याउनु हुने बाग्लुङ्ग समाज काठमाडौँका अध्यक्ष श्री भिम श्रीस ज्यु साथै रिटायर्ड क्या याम बुढाथोकिज्यु लगायत सम्पूर्ण व्यक्तिहरुमा धेरै धेरै धन्याबाद दिनुको साथै पिडित दिवस घर्तिको शुस्वास्थ अनि शिघ्र स्वस्थलाभको कामना ब्याक्त गर्नु भयो । साथै उहाँले भबिस्यामा पनि यहाँहरुको सहयोग अपरिहार्य हुनेछ भन्ने धारण ब्याक्त गर्नु भएकोछ ।
जय बाग्लुङ्गे !
धन्याबाद
 
जङ्ग पुन
मिदिया सेक्रेटरी BSUK
 
फोटो साभार
मित्र थापा
माहासचिब BSUK
Nanda Pun/ Web Editor BSUK

Comments are closed.