काठेखोला–६ विहुँले प्रकाशित गर्यो वडाको कृषि प्रोफाईल

काठेखोला–६ विहुँले प्रकाशित गर्यो वडाको कृषि प्रोफाईल

काठेखोला–६ विहुँले प्रकाशित गर्यो वडाको कृषि प्रोफाईल

बागलुङ, ७ माघ
काँठेखोला गाउँपालिकाको कार्यालय वडा नम्बर ६ ले आफ्ना वडाहरुको कृषि प्रोफाईल तथा कृषि निती सार्वजनिक गरेको छ ।
सोमबार कृषिकै माध्यमबाट आफ्नो वडा संगैं सिंगो गाउँपालिकाको विकास सम्भव भएको भन्दैं वडा कार्यालयले तयार परेको प्रोफाईल सार्वजनिक गरिएको हो । प्रोफाईल सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले माटो र माटोमा काम गर्नेहरुको सम्मान नभएसम्म देशले विकास गर्न नसक्ने बताउनुभयो ।
सापकोटाले सरकारले सुखी र सम्वृद्ध नेपालको सपना देखिरहेको समयमा कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्न नसक्ने हो भने सपना सपनामा मात्र समित हुने बताउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नरबहादुर थापा, कृषि ज्ञान केन्द्र पर्वतका बाली संरक्षण अधिकृत नारायण शर्मा, काठेखोला गाउँकार्यपालिका सदस्य टिकासंगम विक, नेपाल कम्युनिष्ट पार्टीका मुत्तिराम कंडेल, नेपाली काङग्रेसका श्रीप्रसाद न्यौपाने, राप्रपाका डिलाराम कंडेल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल, काठेखोला गाउँपालिकाका नासु मनोज कार्की, कृषक टंकप्रसाद कंडेल र थानेश्वर कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडाका पूर्व कर्मचारी नासु मनोज कार्की र कार्यालय सहयोगी गंगा कंडेललाई सम्मान गरिएको थियो । वडा अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव लिला थापाको सञ्चालन र वडा सदस्य लिलाधर ढुङगानाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
वडाले प्रकाशित गरेको प्रोफाइलमा वडाको परिचय, वडाको कृषिको जानकारी, सम्भावना, समस्या र समाधान समेटेको छ ।

WebmasterBSUK