ढोरपाटन बाढी/पहिरो पिडितहरुका लागि आर्थिक सहयोग

ढोरपाटन बाढी/पहिरो पिडितहरुका लागि आर्थिक सहयोग

Please share this news to the world !

गत भदौ १७ गतेको भीषण बाढी पहिरोबाट ढोरपाटन नगरपालिका ७/८/९ मा ठूलो जनधनको क्षेती बेहोर्नु भएका, साथै परिवारका सदस्य गुमाउनु भएका पीडित परिवारहरुको लागि केहिहद सम्म भएपनि राहत पुगोस भन्ने हेतुले बाग्लुङे सामाज यु केले, बेलायत बासी सम्पूर्ण बाग्लुङ्गे तथा गैर बाग्लुङ्गे दाजुभाई तथा दिदीबहिनीहरुलाई आर्थिक सहयोगको आह्वान गरि केहि आर्थिक सहयोग संकलन गर्न सफल भएको थियो। उक्त रकम बाग्लुङ्गे समाज यु केको कार्यकारिणी सदस्यहरुको बैठकको निर्णय अनुसार एकद्वार प्रणाली द्वारा हस्त्रान्त्रण गरिएको छ। अन्तर पार्टी महिला सन्जाल बागलुङकी अध्यक्ष तथा सामाजीक अभियन्ता श्रीमती कुशुम बुढाको नेत्रित्तोमा गठित ५ सदस्यीय सहयोग हस्त्रान्त्रण टोली यहि कार्तिक १७ गते ढोरपाटन नगरपालिकाको कार्यालय, बुर्तिबाङ्ग पुगेर नगरपालिकाका मेयर श्री देव कुमार नेपालीज्युलाई रु १०,०९, ०८९/-  ( अक्षरुपी दश लाख, नौ हजार उनानब्य रुपैंया ) हस्तान्तरण गरेको छ।

आर्थिक सहयोग हस्त्रान्त्रण समन्वोय समितिका सदस्यहरु;
श्रीमती कुशुम बुढा – अध्यक्ष, अन्तर पार्टी महिला संजाल
सुश्री रेनुका काउचा – उप मेयर, गल्कोट नगरपालिका
श्री गणेश थापा – जिल्ला अधक्ष्य, नेपाल मगर संघ
त्रिशाना घर्ति मगर – कलाकार, लोक तथा दोहोरि गायीका
श्रीमती सुनमायाँ थापा – समाजसेबी
श्री रमाकान्त शर्मा – पत्रकार

अति व्यस्तताको बाबजुत रकम हस्त्रान्त्रण गर्न सहयोग पुर्याउनु हुने समितिका सम्पूर्ण सदस्यहरुलाई बाग्लुङ्गे समाज यु के की अध्यक्ष श्रीमती छाबिमायाँ पुन लगायत समाजको संपुर्ण सदस्यको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

 

तस्बिर साभार: कुशुम बुढा

Nanda Pun/ Web Editor BSUK

Comments are closed.