
छबी मायाँ पुन
अध्यक्ष , बाग्लुङे समाज युके
हार्दिक धन्यवाद 🙏
बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ७ ,८ ,९ मा २०७७ -भदौ -१७ गते राती आएको अबिरल बर्षाको कारणले निकै धनजनको क्षेति भएको थियो | र हामीहरु बिदेशमा भए पनि केही आर्थिक सहयोग गर्नु पर्छ भन्ने हेतुले बाग्लुङे समाज युकेले पनि केही रकम उठाउन शुरु गरियो र सोचेको भन्दा बढी उठ्यो बढी उठनू कारण हामीहरु बाग्लूङे मात्र नभएर हामी बाग्लुङेहरुलाई मायाँ गरी गैर बाग्लुङेहरुले साथै बर्न्मोउथ निबासी, गोर्खाली पल्टनसंग आबद्द रहेका ब्रिटिश Maj (Rtd) David Agar ले पनि सहयोग गर्नुभएको थियो। ज-जसले आ- आफ्नो ठाउँबाट प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गरिदिनु भयो सम्पूर्ण सहयोगी हातहरुलाई साथै मेरो कार्य समितीका पदाधिकारीज्युहरु, सल्लाहाकारज्युहरु सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुलाई पनि मेरो आन्तरिक हृदय देखी धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाग्लुङे समाज युकेले सङ्कल गरेको रकम हस्तान्तर गर्नको लागि 22-oct-2020 को दिन बाग्लुङे समाज युकेको प्रतिनिधित्व गरी हाम्रो आग्रहलाई सहजै स्वीकार गरी सहयोग हस्तान्तर गर्नुको लागि सहयोग गरिदिनु हुने गल्कोट नगरपालिकाकी उप प्रमुख रेनुका काउचाज्यु, अन्तर पार्टी महिला सन्जाल बाग्लुङकी अध्यक्ष कुशुम बुढाज्यु, नेपाल मगर समाज बाग्लुङ जिल्लाका अध्यक्ष गणेश थापाज्यु, चर्चित लोक दोहोरी गायिका तिर्सना घर्तिज्यु, साथै बाग्लुङ बुद्ध बिहारकी महिला अध्यक्ष सुन मायाँ थापाज्यु, पत्रकार उमाकान्त शर्माज्यु उहाँहरु सबैले हामीहरुले यहाँबाट पठाएको रकम रु दश लाख एक्काइस हजार उनान्नब्बे रुपैयाँ साथै नेपालमा सुर्य बहादुर थापाज्युले सहयोग गर्नु भएको दश हजार सहित जम्मा दश लाख , एकतिस हजार ,उनान्नब्बे रुपैयाँ भएको थियो त्यस मध्य एक्काइस हजार गाडी भाडा ,एक हजार ब्यानर् खर्च कटौती गर्दा बाँकी रहेको दश लाख ,नौ हजार, उनान्नब्बे रुपैयाँ ढोरपाटन नगरपालिकाका प्रमूख देब कुमार नेपालीज्यु लगायत उहाँको टीमलाई हस्तान्तर गर्नु भयो | ढोरपाटन नगरपालिकाका प्रमुख, देब कुमार नेपालीज्युले पनि समय दिएर हामी बाग्लुङे समाज युकेलाई लिखित प्रतिबद्धता पत्र, कदर पत्र र रकम बुझी लिएको भौचर प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ। अहिलेको यो कोरोनाको महामारीमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर समय दिनु भै उपस्थित हुनु भएकोमा उहाँहरु सम्पूर्णमा सम्मान गर्दै मेरो आन्तरिक हृदय देखी साथै बाग्लुङे समाज युकेको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु भन्दै आगामी दिनहरुमा पनि हजुरहरु सबैको हामीहरु प्रति मायाँ ममता, सपोर्ट मिलिरहोस भन्ने अपेक्षा राख्दछु। अन्तमा हजुरहरु सबै जना जहाँ हुहुनुन्छ, जे जस्तो अबस्थामा हुनुहुन्छ, सुखी ,खुशी र स्वाथ्य रहनुहोस् यही शुभकामना |
भवदिय
छबी माया पुन
अध्यक्ष
बाग्लुङे समाज युके