प्रथम भीसी कुलबिर थापा

प्रथम भीसी कुलबिर थापा

जङ्ग पुन, मेडिया सेक्रेटरी, बा स यु.के.

प्रथम भीसी कुलबिर थापा

पहिलो भी.सी. बिजेता नेपालका ह. कुलबिर थापा मगर ईस. बी. सम्बत १५ डिसेम्बर १८८८ मा पाल्पा जिल्लामा जन्मिनु भएको थियो । उहाँ ब्रिटिश इन्डियन अलर्मीमा भर्ती भै पहिलो विश्व युद्धको क्रममा २५ सेप्टेम्बर १९१५ को दिनमा सन्सारकै अनि ब्रिटिश साम्राज्यबादको सबै भन्दा ठूलो मान पदवी भिक्टोरिया क्रस उपाधी पाउने पहिलो नेपाली व्यक्ति हुनु हुन्थ्यो। उहाँको ३ अक्टोबर १९५६ सालमा ६७ बर्षको उमेरमा निधन भएको थियो

प्रथम भी.सी ह. कुलबिर थापा मगरज्युको सम्मान अनि सम्झनाको लागि बेलायतको अल्डर्शटमा उहाँको सालिक निर्माण गर्नको लागि बेलायत बासी नेपालीहरुका विभिन्न सघ संस्थाहरु, इन्टेकहरुले आर्थिक सन्कलन जुटाउने तयारी हुँदै गर्दा, हामी बाग्लुङ्गे समाज बेलायतले पनि बा. स. यु. के. का अध्यक्ष श्रीमती छबिमाया पुनज्युको सम्योजकत्वमा सम्पुर्ण बेलायत बासी बाग्लुङ्गे मनकारी दाजुभाई, दिदीबहिनीहरु, आमा बुवाहरु द्वारा सनकलित £१०१०.०० (एक हजार दश स्टर्लिङ्ग पौण्ड) सन्कलन गरेर GMP ग्रुपका कोर्डिनेटर मे. खिम गौचनज्यु, प्रबक्ता ओम काउचा थापाज्यु, GRNC का अध्यक्ष रामधन राईज्यु, र GRNC का कोषाध्यक्ष टोप पल्लिज्युलाई माथी उल्लेखित रकम समाजका अध्यक्ष श्रीमती छबिमाया पुनज्युले हस्तान्तरण गर्नु भएको थियो ।

उक्त दिनमा बाग्लुङ्गे समाज बेलायतको तर्फ देखि रकम हस्तान्तरण कार्यक्रममा आफ्नो सहभागिता जनाउंदै निम्न महानभावहरुको पनि उपस्थिती रहेको थियो ।
* अध्यक्ष: श्रीमती छबिमाता पुनज्यु
* उपाध्यक्ष:श्री खदक बाहादुर थापाज्यु
* सह कोषाध्यक्ष: श्री हिरा बाहादुर पुनज्यु
* सल्लाहकार: श्रीमती नरमती पुनज्यु
* एरिया सयोजक: फार्नबोरो हिरा बि क ज्यु
* सदस्यहरु: श्रीमती रुकमाया थापाज्यु र सुबास पुनज्यु

हामी बाग्लुङ्गेहरुको सधै सबैको एउटै भनाइ सेवा नै धर्म हो भन्ने विशेष भनाईलाई आत्मासाथ गर्दै सम्पुर्ण बाग्लुङ्गेहरुले एक्यवद्धता जनाउदै अगाडी बढिरहेका छौ। विशेष त नेपालमा दीन-दुखिहरु जो आर्थिक अवस्था अतिनै कमजोर भएका, अनि विभिन्न रोगहरु सङ्ग लडीरहेका बिरामिहरुको उपचार गर्नु पनि धौ धौ र कठिन अवस्थामा जीवन ब्यातित गरिरहनु भएका बिरामीहरुलाई पनि सहयोग पुर्याउदै आइरहेको छौ ।
अन्तमा सहयोगी मनका धनिहरु सम्पुर्ण बाग्लुङ्गे दाजुभाइहरु, दिदीबहिनिहरु, आमाबुवाहरुलाई बा स यु के समाजका अध्यक्ष लगाएत सम्पुर्ण पधादिकारिहरुको तर्फ देखि धेरै धेरै धन्याबाद टक्र्यौदै यहाहरुको सदैब माया अनि सहयोगको पनि अपेक्ष्या गदछौ ।
जय बाग्लुङ्गे

 

 

WebmasterBSUK