बाग्लुंगे समाज भलिबल टिमको लागि आर्थिक संकलन

बाग्लुंगे समाज भलिबल टिमको लागि आर्थिक संकलन

Please share this news to the world !
बाग्लुङ्ग समाज यु केले जन्मभुमि नेपालमा मात्र नभएर कर्मथलो बेलायतमा पनि विभिन्न प्रयोजनको लागि बेला बेलामा सहयोग गर्दै आएको सर्बबिधितै छ , उदाहरणको लागि प्रथम भि सि कुल वीर थापा मगरज्युको सालिक बनाउने देखि लिएर हालसालै मोना यु के ले गत शनिबार २८ अगष्ट २०२१ को दिन बेलायतमा भएका बिभिन्न नेपाली संघसंस्थाहरुको बिच अल्डरसटमा भलिवल प्रतियोगिताको आयोजना गरेको थियो र हाम्रो बाग्लुङ्गे समाज यु केको दुई टिमहरुले सहभागिता जनाउनु भएको थियो र जस्को नतिजा टिम “ए” ले अल्डर्शटसङ्ग उत्कृष्ट खेल प्रदर्शन गर्दै क्वाटर फाइनमा हार बेहोर्नु परेको थियो ।

बागलुङ्ग समाजको भलिवल टिमको लागि चाहिने यूनिफर्म र त्यसमा समाजको लोगो र नाम प्रिन्टिङ साथै प्रतियोगिता प्रवेशमा लाग्ने शुल्क संकलन गर्ने बाग्लुंगे समाज बेलायतले निर्णय गरेको थियो ! खेलाडीहरूको हौसला बढाउन साथै हाम्रो समाजको नाम उच्च राख्न अबश्य पनि समाजका सदस्य महानुभावहरूबाट सक्दो सहयोग गर्ने हेतुले समाजका सम्पुर्ण सदस्यज्युहरुबाट केहि आर्थिक सहयोग संकलन गरि खेलाडीहरुलाई प्रदान गरिएको थियो !
Nanda Pun/ Web Editor BSUK

Comments are closed.