बाग्लुङ्गे समाज बेलायतको कार्यकारिणी बैठक – २०१९ सम्पन्न

बाग्लुङ्गे समाज बेलायतको कार्यकारिणी बैठक – २०१९ सम्पन्न

बाग्लुङ्गे समाज बेलायतको कार्यकारिणी बैठक – २०१९ सम्पन्न

बाग्लुङ्ग समाज बेलायतको आयोजनामा मिति १७ मार्च २०१९ को दिन समाजको बार्षिक भेटघाटको बिषयमा छलफल गर्नुको लागि बा.स.यु.के.को कार्यकारिणी सदस्यहरुको बैठक अल्देर्सटको भेटघाट रेस्टुरेन्टमा सम्पन्न भयो । सो बैठकलाइ समाजका महासचिब श्री मित्र थापा ज्युले संचालन गर्नु भएको थियो भने अध्यक्ष्य श्रीमती छबि माया पुनज्युले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो र समाजका बरिष्ठ उपाधक्ष्य श्री धन बुढाथोकीज्युले स्वागत मन्तब्यको साथै आउदो बार्षिक भेलाको प्रमुख आयोजकको जिम्मेबारीको बिषयमा बोल्नु भएको थियो !कार्यक्रमको सुरुवातमा समाजका केहि सदस्यहरु दिवंगत हुनुभएकाहरुको सम्झनामा सोक मनाउने कार्यक्रममा रह्यो ।दिबांगित सदस्यहरु क्रमश स्व परविर राना ,स्व तिरकला थापा अनि नि बर्तमान अध्यक्ष्य श्री धन कुवारज्युका पिता स्व मान बाहादुर कुवार हुनुहुन्थ्यो ! उहाँहरुको सम्झनामा एक मिनेट मौन धारण गरेर मृतात्मालाई चीर शान्ति मिलोस भन्ने कामना गरिएको थियो। तत्पश्चात आउने बार्षिक भेटघाटको बारेमा बिबिध बिषयमा बुंदागत रुपमा छलफल भयो । बिशेसत यो बर्ष नेपालबाट कलाकार ल्याउने/नल्याउने बारे निकै लामो रस्साकस्सी चलेको थियो तर अन्तमा यो वर्ष नेपालबाट कलाकार नल्याउने निस्कर्षमा बिषय टुंगियो तर बिबिध मनोरंत्मक कार्यक्रम हुने निर्णय बैठकले पारित गर्यो। जसमा बाग्लुंगे नौमती बाजाको बिशेष आकर्षण रहनेछ भने कौडा नाच ,भजन अनि स्थानीय कलाकारहरु द्वारा प्रस्तुत विभिन्न मनोरंजनात्मक कार्यक्रमले उपस्थित बाग्लुंगेहरुलाइ भरपूर्ण मनोरंजन दिने कुरोमा दुई मत नहुने ठहर गरियो।साथै नेपाल देखि अरु संघ संथाहरुले ल्याउनु भएका कलाकारहरुलाइ सम्भब भए सम्म उक्त भेलामा समाबेस गरिने निर्णय पनि गरिएको छ ।उक्त भेलामा बिशेष सल्लाहकार र एरिआ पर्तिनिधीहरुलाइ सम्मान गर्ने कार्यक्रम पनि भएको थियो|
तेसै गरि ताराखोला गाउ पालिकाको छोरा पधाउनु तान्सेन पाल्पा बस्दै आउनु भये को छमि माया बुधा मगर लाइ आफ्नै घर मै बिजुलि करेन्त लागेर बाया हात गुमायेको साथै अरु सरिर पनि जलेको अवस्थामा केहि आर्थिक सहयोग अपिल गरि फान्बोरो एरिआमा बसोबास गर्नु हुने मन्कारि दाजु भाइ दिदि बहिनि हरु बात सन्कलित £ ३३६.०० वाहकै भाइ पर्ने तेक बाहादुर बुधा मगर लाइ अध्यक्ष्य श्रीमती छबि माया पुनज्युले हस्तान्त्रण गर्नु भयो । नेपाल देखि निजि पारिवारिक भेटघाटको शिलसिलामा बेलायत पाल्नु भएकी साथै उक्त कार्यक्रमको मुख्य अतिथि हाम्रा बाग्लुङ्गे भिमपोखरेलि चेली तथा रास्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष्य,अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पूर्व माहासचिब ने क पा का सल्लाहकार ( गृह मंत्री श्री राम बहादुर थापा ज्युको धर्म पत्नी ) श्रीमती नैनकला थापाज्युलाइ समाजका अध्यक्ष्य श्रेमती छबि माया पुनज्युले खादा र फुलको गुच्छाले स्वागत गर्ने अवसर मिलेको थियो र हालसालै एउटा महत्वपूर्ण बिषय नागरिताको बारेमा उहाँसंग अन्तरक्रिया गर्ने एउटा शुभअवसर पनि मिलेको थियो। समाजको तर्फ देखि उहाँलाइ सानो मायाँको चिनो अध्यक्ष्य श्रीमती छबि माया पुनज्युले प्रदान गर्नु भएको थियो । लामो समयको छलफल पश्चात केहि समय बिश्राम (खाना अनि जलपान) पश्चात फेरी कार्यक्रम संचालन गरियो भने बार्षिक भेटघाट पछि समिक्ष्या बैठक ७ जुलाई मा हुने गरि आउदो भेटघाटमा सम्पूर्ण बाग्लुङ्गेहरुलाइ एक जुटभै साथै यो समाज कुनै पनि राजनीति धर्म जात जाति लिङ्ग भेद भाव नभएर यो एउटा अनि निस्वार्थ शुद्ध समाज भएको आवगत गराउदै सम्पूर्ण बाग्लुङ्गेहरुलाइ हुन् गैरहेको बार्षिक भेटघाट, २३ जुनमा सहभागी भैदिनु हुन् हार्दिक अनुरोधका साथ आफ्नो मन्ताब्या राख्दै अध्यक्ष्यज्युले बैठक समापन गर्नु भयो ।

उक्त दिनमा लिईएका केहि झलकहरु पनि समाबेस गरिएको छ कृपया हेरेर प्रतिक्रिया दिनु होला|
धन्याबाद

जे. पुन
मिडिया सेक्रेटरी (BSUK)

WebmasterBSUK

1 comment so far

Dhan Posted on10:20 pm - Mar 19, 2019

Thank you JB and Nanda
Keep it up