बाग्लुङ्गे समाज बेलायको बार्षिक भेटघाट- २०१९ हुदै

बाग्लुङ्गे समाज बेलायको बार्षिक भेटघाट- २०१९ हुदै

Please share this news to the world !

हाम्रो शान बाग्लुङ्गेको पहिचान भन्ने नारा सहित बाग्लुङ्गे समाज बेलायतले सधैं जस्तै यो वर्ष पनि बार्षिक भेटघाट, यहि आउँदो २३ जुन २०१९ आइतबारको दिन सामुअल कोडि स्पेसल सपोर्ट कलेज फर्नबरोमा आयोजना तय गरेको छ जसमा बिभिध कार्यक्रम गरि भाब्याताको साथ सम्पन्न गर्नुको लागि समाजका अध्यक्ष श्रीमती छबिमायाँ पुन र भेटघाट संयोजकको सम्पूर्ण अभिभारा बहन गर्नु भएका बा स यु के का उपाध्यक्ष श्री धन बुढाथोकीज्यु लगायत सम्पूर्ण कार्य समितिका सदस्यज्युहरुले मेहनतका साथ तिब्र गतिले अगाढी बढेका छौं ! भेलाका मुख्य आकर्षणको पात्रहरुमा नेपाल देखि पाल्नु भएका अतिनै चर्चित लोक तथा दोहोरि गायक गायीकाहरुको जोडदार प्रस्तुति रहने छ ! पछिल्लो समय “सालको पात टपरी हुने” अति लोकप्रिय, भाइरल, उत्कृस्ट लोकगीतका गायक कुलेंद्र बि क, अति चर्चित गीत “मायाँकै पिरलो ” कि गायीका तथा “स्टेज कुईन” भनेर चिनिनु हुने मिठो स्वरकी धनि भूमिका गिरि तथा चर्चित लोक तथा दोहोरि गायक पवन राना जस्ता चर्चित कलाकार भाइबहिनिहरुको धमाका साथमा अहिलेको समय बेलायतमा निकै लोकप्रियता कमाउदै आएको बाग्लुङ्गे नौमती बाजाको उत्कृस्ट प्रदशनले त झनै स्टेजको माहोल नै फरक हुने छ ! त्यसै गरि हाम्रो बाग्लुङ्गेहरुको चिनारी सोरठी, सालैजो, कौडा झ्याउरे गीतहरु जस्ता प्रख्यात लोक तथा मौलिक कला संस्कृतिको धानि मानिने बाग्लुङ्गेहरुको प्रस्तुतिले झनै रमाइलो बातावरण हुनेछ ! त्यसैले सम्पूर्ण बाग्लुङ्गे दाजुभाइ, दिदिबहिनिहरु, आमाबाबाहरु, नानिबाबुहरू साथै जसलाई म बाग्लुङ्गे हु भनेर गौरब गर्नु हुन्छ यहाँहरुको उपस्थिति अति नै अपरिहार्य हुनेछ ! आउनुहोस, रमाइलो गर्नुहोस, एक अर्कामा लामो समय सम्म भेटघाट नभएको हुनसक्छ पुरानो यादहरु स्मरण गर्नुहोस्, यहाँहरुलाइ हाम्रो अतिनै स्वादिस्ट भेटघाट भोजनालयले तयारि बनाएका अनेक परिकारहरुको स्वाद लिनुहोस् साथमा चिसो चिसो स्टेल्ला बियर, व्हिस्की, वाइन साथै अन्य पेय पदार्थको चुस्कीलाई पनि सम्झिनुहोस ! आउनुहोस रमाइलो गरौँ ! हामी बाग्लुङ्गेहरु कहिले पनि पछाडी नहट्ने हाम्रो मुख्य बानी हो ! स्पोन्सर गर्नुहोस् या कुनै आपत-बिपतमा परेकाहरुलाई सहयोग गर्न जहिले पनि तत्पर रहौ र हुन्छौं पनि ! यहि नै हामी बाग्लुङ्गेको असली पहिचान हो !

जय बाग्लुङ्गे समाज बेलायत

जंग पुन
मेडिया सेक्रेटरी
बाग्लुङ्गे समाज बेलायत

Nanda Pun/ Web Editor BSUK

Comments are closed.