बाग्लुङ्गे समाज बेलायतको बार्षिक साधारण सभा सम्पन्न

बाग्लुङ्गे समाज बेलायतको बार्षिक साधारण सभा सम्पन्न

Please share this news to the world !

बाग्लुङ्ग समाज बेलायतको नया समिती चएन भएको पनि एक बर्ष पार गरिसकेछ ।तेसै क्रममा गत आइतबार १७ नोभेम्बरको दिनमा बार्षिक साधारण सभाको आयोजना फार्न्बोरो स्थित मगर संघ बेलायतको भवनमा शु-सम्पन्न भएको थियो । समाजका अध्यक्ष श्रीमती छबिमाया पुनज्युको अध्याक्षतामा महासचिब श्री मित्र थापाज्युले सभालाई सन्चालन गर्नु भएको थियो। बरिस्ठ उपाध्यक्ष श्री धन बुढाथोकीज्युले स्वागत मन्तब्य दिनु भएको थियो भने सह-सचिब श्री शेर पुनज्युले गत २३ जुन २०१९ मा सम्पन्न भएको समाजको वार्षिक भेटघाटको बारेमा केही कुराहरु प्रस्त्याउनु भएको थियो ।
यसै गरि बुदागत रुपमा महासचिब श्री मित्र थापाज्युले बितेका १ बर्षमा के कस्ता गतिबिधीहरु भए भन्ने जनकरि दिनु भयो । आगामी दिनहरुमा समाजका योजनाहरु साथै अन्य विभिन्न बिषयमा छलफल अगाडि बढाउनु भएको थियो । तेसै गरि उहाले नया समितिहरु चएन भएको १ बर्षमा नेपालमा विभिन्न दुख आपत्तीमा परेका ब्याक्तीहरुलाइ सम्पुर्ण समाजका मनकारि सदस्यहरुज्यु द्वारा सङ्कलित स्टर्लिङ्ग पाउन्डमा रकम £8881.00 ने रु झन्दै १२ लाख ३० हजार रुपैयाँ सहयोग प्रदान गरिएको जानकारी पनि दिनु भयो । समाजका कोषाध्यक्ष श्री हरि घर्तीज्युले बर्ष दिनको आय ब्यायको प्रतिबेदन पेश गर्नु भएको थियो साथै सभाले आउने समाजको बार्षिक भेटघाटको दिन पनि तय गरेको थियो । उक्त दिन ३० मे २०२० को दिन फार्न्बोरो अवस्थित सामुल कोडि कलेजको मुख्य हलमा सम्पन्न हुने भएको र सम्पुर्ण बाग्लुङ्गे दाजुभाइ दिदीबहिनीहरु आमाबाबा साथै सम्पुर्ण युवा पुस्ताहरुलाइ समाबेश गराउनु हरेक बाग्लुङ्गेहरुको जिम्मावरी भएको खुलस्त पार्नु भयो । धेरै भन्दा धेरै बाग्लुङ्गेहरुलाइ उपस्थित हुन, साथै सदस्यता लिन र गराउन आह्वान गर्नु भयो ।तेसै क्रममा मिदडया सेक्रेटरी श्रीजङ्ग पुनज्यु साथै नौमती बाजा समुहका कोर्डिनेटर श्री भिम थापाज्यु साथै महिला कोर्डिनेटर श्रीमती कृस्टिना छन्त्यालज्युहरुले आफुहरुले गरेका क्रियाकलापहरुको बारेमा जानकारी साथै सुझाब सल्लाहको अपेक्षा गर्दै बोल्नु भएको थियो ।
नेपालमा एकीकृत शिर्जनशिल समाज नेपाललाई रु १००००० एक लाख रुपैया सहयोग गरे बापत बाग्लुङ्ग समाज बेलायतलाई प्रसंशा पत्र प्राप्त भएको थियो साथै समाजको तर्फ देखि अध्यक्ष, जय प्रकाश बुढा मगरज्यु, उपाधक्ष भिम कुमार रोकाज्यु र कोषाध्यक्ष जुनु पुन् मगरज्युहरुलाइ समाजको तर्फ देखि धन्यावादको साथै सफलताको कामना ब्याक्त गरिएको थियो ।
केही समयको विश्राममा भेटघात रेस्तुरेन्ट द्वारा तयारी गररिएको स्वादिष्ट परिकार साथै जलपान पश्चात् दोस्रो चरणको सभा सुचारु रुपले अगाडि बढाईएको थियो ।
उक्त सभामा समाजका अध्यक्ष श्रीमती छविमाया पुनज्यु मगर संघ बेलायतको महिला उपाध्यक्ष पदमा निर्बाचन हुनु भएकोमा महिला सल्लाहाकार श्रीमती चन्द्र कुमारि श्रेष्ठज्युले खादा लगाइ सम्मान गर्नु भएको थियो ।अन्तमा समाजका सल्लाकारहरु मेजर ओम पुन, पुर्ब अध्यक्षहरु रिटाएर्ड क्या धन कनवार र श्री दिपक कुमार काउचाज्युहरुले समाजको हितमा सल्लाह सुझाब दिनु भएको थियो ।
अन्तामा समाज का अध्याक्ष श्रीमति छवि माया पुनज्युले आफ्ना भनाइहरुको साथै हालै बेलायत भर्मणमा रहनु भएका बाग्लुङ ताराखोला अर्गल निवासी साथै अहिलेको अतिनै चर्चित कार्याकक्रम इन्द्रेणीमा कार्यारत चर्चित लोक तथा दोहरी गायिका सुश्री खिमा रोकाज्युलाइ बाग्लुङ्ग समाज बेलायतको तर्फ देखि भेटघात रेस्टुरेन्ट अल्डर्सटमा सम्मान कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुको साथै सभालाई समापन गर्नु भएको थियो।

२ घन्ता पश्चात् ।

बार्षिक भेट्घाटको लगत्तै सबै जना अध्याक्षज्युको अनुरोधमा अल्डर्सट भेट्घाट रेस्टुरेन्टमा भेला भएर हाम्री,राम्री बाग्लुङ्गे चेली लोक तथा दोहरी गायिका साथै अतिनै लोकप्रिय कार्यक्रम इन्द्रेणीमा कार्यरत खिमा रोका मगरज्युलाई स्वागत गर्नुको लागि तमतयार भएर प्रतीक्षामा थियौ ।
केही क्षण पश्चात् उहाँको आगमन हुनुको साथै सम्मान कार्यक्रमलाई महासचिब मित्र थापाज्युले स्वागत मन्तब्य राख्दै सम्मान गर्नुको लागि निबर्तमान अध्याक्ष दीपक काउचाज्यु , सल्लाहकार चन्द्रकुमारी श्रेष्ठज्यु साथै अध्याक्ष छबिमाया पुनज्युलाइ स्टेजमा खादा, फुलको गुच्छा साथै समाजको तर्फ देखि चिनो प्रदान गर्नुको लागि आग्रह गर्नु भयो, र मुख्य पाहुना बाग्लुङ्गे चेली खिमा रोकाज्युलाइ स्टेजमा बोलाएर सम्मान कार्य सम्पन्न भयो।तेसको लगतै उहाँले पनि समाजलाइ धेरै धेरै धन्यवाद को साथै आफ्नो प्रस्तुति दिएर सम्पुर्णलाई नचाउनु भएको थियो। अन्तमा चर्का चर्कि दोहरी जुन अंग्रेज़ीमा भनिन्छ hidden talents अहिले सम्म गुम्नाम रहेका दल शाहिज्यु सङ्गको दोहरी अतिनै रोचक थियो ।
सायद रमाइलो सङ्गै १० बजेको कसैलाइ पनि पत्तो भएन । खिमा रोका बहिनीसङ्ग भेट भएर भलाकुसारी गर्ने अवसर मिल्यो साथै उहाँको प्रतिभाको सम्मान र कदर गर्दै भबिस्यामा फेरि भेट्ने बाचाका साथ कार्यक्रम समापन गरिएको थियो।

जय बाग्लुङ्गे समाज बेलायत

Nanda Pun/ Web Editor BSUK

Comments are closed.