बाग्लुङ्गे समाज यु के बाट आर्थिक सहायोग हस्त्रान्त्रण

बाग्लुङ्गे समाज यु के बाट आर्थिक सहायोग हस्त्रान्त्रण

बाग्लुङ्गे समाज यु के बाट आर्थिक सहायोग हस्त्रान्त्रण

सेवा नै धर्म हो ।
बाग्लुङ्गे समाज बेलायेत (BSUk ) यो एउता एस्तो सस्थाहो एसमा कुनै जातजाती धर्म , लिङ्ग, बर्ण अनि कुनै राजनिती बिनाको शुद्द निस्वार्थ भावना बोकेको सम्पुर्ण बेलायेत बासी बाग्लुङ्गेहरुको साझा सस्था हो ।अहिले 2019 सम्म आउदा सस्थाले 11औ वसन्त पार गरिसकेको छ ।
स्थपनाकाल देखि नै यो सस्थाको सम्पुर्ण कार्यासमिती ले पारित गरि सबै प्रकृया पूरा गरेको कागजात भयेकोआदिकारी प्रकृया पुस्तिको आधाररमा नेपालमा भबितब्यामा परेका गरिब निमुखा , साथै भयानक दर लाग्दा बिमारले ग्रस्त भयेका साथै उपचार गर्नु आर्थिक अवस्था कम्जोर भयेका बिरामी हरुलाइ सहयोग गर्दै आयेको छ ।
एसै क्रममा हालसालै बाग्लुङ्ग जिल्ला अन्तर्गत बढिगाड गाउपालिका वार्ड न १० ( साबिक दर्लिङ्ग गा ब स ) निवासी श्री दलबाहादुर बुढा मगर ज्युको उपचार्थ आर्थिक रकम संकलन गर्नुको लागि BSUK का बर्तमान अध्याक्ष्या श्रीमती छबिमाया पुन ज्युको अध्याक्ष्यातामा मेजर ओम पुनज्युको नेर्तुत्वमा सम्पुर्ण बाग्लुङ्गे हरु लाई सहयोगको लागी अपिल गरेको थियो ।धेरै बाग्लुङ्गे हरु जो सेवा नै धर्म हो र अतिनै मनकारी ,चौदा छाती भयेका, दानबिर बाग्लुङ्गेज्युहरु बाट संकलन भयेको £1853.00 नेपाली रु २,६३,०००.०० पै हालसालै परिवारिक भेतघात मा नेपाल जानू भयेका हाम्रै सस्थाका सद्स्य वेब सेक्रेटरी श्री नन्दलाल पुन ज्युले बिमारी दलबाहादुर बुढाज्यु वाहको छोरा छोरी इस्त्र मित्रहरुको साथ गत सनिबार २१ सेप्तेम्बर २०१९ को दिन हस्तान्तरण गर्नु भयो ।थोपा थोपा मिलेर समुन्द्र बन्दछ भन्ने यो समाजले पुष्ठि गरेको छ ।पक्कै पनि वाह दल बहादुर बुढा ज्युको समयमै उपचार भै आफ्नो साधारण जीवन यापन गर्नुहुनेछ भनी हामी सम्पुर्ण बेलायेत बासी बाग्लुङ्गेहरुले शिघ्र स्वास्थ्याको कामना गर्दछौ ।

वेब सेक्रेटरी श्री नन्दलाल पुन ज्युलाइ अर्को सहयोग को कार्याक्रम गर्ने पनि अवसर मिल्यो जुन । दन्दकालमा बाबू आमा गुमायेका बालबालिका हरु तेस्तै अनेकौ परिस्थित बाट साधारण जीवन यापन् गर्नु देखि बन्चित भयेका बेसाहारा अनाथ ४७ जना बालबालिका हरुका आमा बन्नु भयेका हाम्रै बाग्लुङ्गे चेली एकता शिर्जन्शिल केन्द्रकी बाल बालिकाका आमा जुनु पुन मगर बहिनी लाई पनि गत बाग्लुङ्गे समाजको भेतघाट क्रममा रेफल द्रोमा सन्कलन भयेको रकम पहिले नै एकटा सिरर्जन्शिल केन्द्र लाई सहयोग गर्ने कार्यसमिती ले पास गरेको थियो भने समाजको तर्फदेखी केही रकम थप गरि जम्मा ने रु १,००,०००.०० अछेरुपी एक लाख रुपया कार्यसमितिका सदस्य श्री नन्दलाल पुन ज्युले हस्तान्तरण गर्नु भयो ।
बाग्लुङ्गे समाज बेलायेतको सानो आर्थिक् सहयोगले एउटा इता थप्ने काम गर्नेछ ।बाग्लुङ्गे चेली जुनु पुन मगर ज्युको कार्यको सम्मान गर्दै एस्तै एस्तै परोपोकारी कार्याहरु गर्दै जानु होला हजुरलाइ शुभ कामना छ ।

जय बाग्लुङ्गे समाज बेलायत !

जङ्ग पुन
मिदिया सेक्रेटरी
बाग्लुङ्गे समाज बेलायत


फोटो साभार नन्द एन्द गमली पुन

WebmasterBSUK