बाग्लुङ्ग समाज बेलायतको ११औ भेटघाट सम्पन्न

बाग्लुङ्ग समाज बेलायतको ११औ भेटघाट सम्पन्न

बाग्लुङ्ग समाज बेलायतको ११औ भेटघाट सम्पन्न

बाग्लुङ्ग समाज बेलायतको ११औ भेटघाट गत आइतबार २३ तारिक २०१९ को दिन फार्न्बोरो अवस्थित सामुएल कोडी कलेजको मुख्य हलमा बडो हर्ष उल्लासको साथ समाजका अध्यक्ष श्रीमती छबीमाया पुनज्युको अध्यक्षतामा शुसम्पन्न भएको थियो । बेलायतमा भएका बिभिन्न संघ, संस्था तथा समाज मध्य बागलङ्गे समाज बेलायतले पहिलो महिला अध्यक्ष पाउनु हाम्रो लागि गर्बको कुरो हो र यो एउटा ऐतिहासिक कदम पनि हो। समाजका सचिब सेर पुनज्युले कार्यक्रम सन्चालनको साथै अचानक आपत्कालिन अवस्थामा अपनाउनु पर्ने जानाकारी गर्नु भयो । आपतकालिन बारे जानकारी पश्चात् जन्मभुमी नेपाल र कर्म्भुमी बेलायतको राष्ट्रिय गानको धुनले हल नै दग्मगाएको थियो ।साथै समाजका केही सदस्यहरु दिवाङ्गत हुनुभएको र उहाँँहरुको सम्झनामा २ मिनेटस् मौन धारण गरि शान्तिको कामना गरिएको थियो। त्यस पछि लगत्तै अध्यक्ष्य श्रीमती छबिमाया पुनज्यु र निबर्तमान अध्यक्ष्य श्री दिपक काउचाज्युहरुको सँयुक्त रुपमा कलसमा दिप प्रज्वालन गरि कार्यक्रम शुभारम्भ गर्नुभएको थियो भने बाग्लुङ्गे नौमती बाजा टिमको शुमुधुर धुनले जो कोहिलाइ पनि नेपाल मै भएको महसुस गर्नु कुनै कठिनाइ थिएन । अध्यक्ष्य श्रीमती छवि मायापुनज्यु र अर्का समाजका बरिस्ठ उपाध्यक्ष्य साथै उक्त दिनको सम्पुर्ण जिमवारि बहन गर्नु हुने श्री धन बुधाथोकिज्युले पनि आफ्नो भनाइहरु र त्यो दिनको गतिबिधीहरुको बारेमा खुलस्त बनाउनु भएको थियो ।
कार्यक्रमको शिल्सिलामा समाजका जेष्ठ सद्स्यज्युहरु जो जो ८४ वसन्त पार गरिसक्नु भएका आमाबाबाहरु साथै विभिन्न बिधामा सफलता हासिल गर्ने ब्याक्तित्त्वहरुलाइ पनि समाजको तर्फ देखि शुभकामनाको साथै खादा लगाइ सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रम पश्चात सचिब श्री सेर पुनज्युले मनोरन्जन कार्यक्रम तर्फ सबैको ध्यान आकर्षण गराउदै आफ्नो हातको माइक कल्चरल सेक्रेटरी श्री असोक बुधाथोकिज्युलाई हस्तान्तरण गर्नु भयो र स्टेजको रौनाक नै बद्लियो त्यहाँको मुख्य आकर्षणको केन्द्रबिन्दु नै थियो कि सधै बि एफ बि एस रेडिओद्वारा सुनिरहेको आवाज सम्पुर्णको मन मुटुमा बसिरहन सफल भएकी बाग्लुङ्गे चेली रुपा रानाज्युको कर्ण प्रिय आवाज पर्तक्ष्या देख्नेअनि सुन्ने ।रुपा रानाज्युको कार्यक्रम सन्चालन अगाडि लैजाने क्रम र मनोरंजन कार्यक्रममा स्थानिय कलाकारहरु द्वारा मौलिक सोरठी कौडा झ्याउरे नृत्यको साथै नेपाल देखि आउनु भएका चर्चित कलाकार ज्युहरु पवन राना, कुमारी चेपाङ, भुमिका गिरि साथै कुलेन्द्र् बि कज्युहरुले सम्पुर्ण दर्शकहरुलाई नचाउनु भयो ।साथै बाग्लुङ्गे नौमती बाजा टिमको साथमा कुलेन्द्रज्युको धमकाले सबैजना पसिना सरि भएको देख्न सकिन्थ्यो । कार्यक्रममा र्याफल ड्र पनि समाबेस गरिएको थियो । पुरस्कारहरु कार्यसमितीज्युरुले सो इच्छाले स्पोन्सर गर्नु भएको थियो जसलाइ सन्चालन गर्नुको लागि मेजर ओम पुनज्यु र मेजर रुद्र छन्त्यालको अगुवाइमा सम्पन्न हुनुको साथै पुरस्कार अध्यक्ष्या श्रीमती छबिमायापुनज्युको बाहुली द्वारा प्रदान गरिएको थियो साथै जति पनि टिकट बिक्रि बाट सन्कलन भएको रकम नेपालमा व्दन्द पिडीत अनाथहरुको साहारा दिने एकीकृत सिर्जन्शिल सँस्था र बाल बालिकाहरुका आमा बन्नु भएका हाम्रै बाग्लुङ्गे चेली जुनु पुनज्युलाइ हस्तान्तरण गर्ने भन्ने निर्नय अग्रिम बैठकमा पारित भएको थियो ।
मनोरन्जनकै ब्यास्तताको बाबजुद घडीको सुइले बेलुकिको ९ हानेको कसैलाइ पत्तो भएन र सधै बाग्लुङ्गेहरुको भेटघाट अन्त गर्ने अर्को सुत्र भनेकै आफ्नै बाग्लुङ्गको मौलिक झ्याउरे गीत गाउदै यो सालको भेटघाट कार्यक्रम अन्त गरिएको थियो।

जय बाग्लुङ्गे समाज बेलायेत

जङ्ग पुन
मिदिया सेक्रेटरी
बाग्लुङे समाज बेलायत

WebmasterBSUK