हार्दिक श्रदान्जली सहित समबेदना !

हार्दिक श्रदान्जली सहित समबेदना !

हार्दिक श्रदान्जली सहित समबेदना !

बाग्लुङ्गे समाज यु केकी सदस्य श्रीमति त्रीकली थापा मगर स्थायी घर बाग्लुङ साबिकको राङखानी गा बि श वडा नम्बर ५ हाल बेलायतको सल्स्बरी, टिडवोर्थमा बस्दै आउनु भएको थियो।
उहाँको हिजो शनिबार २ मार्च २०१९ को बिहान ११:५० बजे ७९ बर्षको उमेरमा सल्स्बरी हस्पिटलमा उपचारको क्रममा असामायिक निधन भएको समाचारले हामी अत्यन्तै मर्माहत भएका छौं।
बासयुकेका अध्यक्ष श्रीमती छबिमया पुन साथै समाजको तर्फबाट मृतक प्रती भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै नेपालमा हुनु भएका शोक सन्तप्त परिवारमा गहिरो सहानुभुती का साथ धैर्य धारण गर्ने शक्ति मिलोस भनी प्रार्थना गर्दछौं।
वहाँको श्रीमान स्वर्गीय शेर बहादुर थापाको केही बर्ष अगाडी स्वर्गवास भए पछि मृतक यहाँ एक्लै बस्दै आउनु भएको थियो। छोराछोरीहरु नेपालमै भएकोले अन्तिम दाहसंस्कारको लागी वहाँको पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया हुँदै गरेको कुरा उक्त कार्यमा संलग्न टिडवोर्थमा बस्नु हुने बासयुकेका सदस्य श्री गंग ब राना मगरज्यु र आम्स्बरिमा बस्नु हुने श्री मोहन थापा ज्युले अवगत गराउनु भयो।
यस दु:खद घडीमा समाजको तर्फबाट सक्दो सहयोग हुनेछ धन्यवाद।

हार्दिक श्रद्धाञ्जली,

मित्र थापा
महासचिव
बाग्लुङ्गे समाज यु के

WebmasterBSUK