हार्दिक श्रदान्जली

हार्दिक श्रदान्जली

Please share this news to the world !

बाग्लुंगे समाज बेलायतलाई एक पछि अर्को गर्दै दु:खद खबरले स्तब्ध बनाईरहेको अवस्था छ । यसै क्रममा बाग्लुङ्ग जिल्ला अन्तर्गत गल्कोट नगरपालिका वडा नम्बर २ छाप चोरा निवासी , हाल बेलायत अल्डरसटमा बस्दै आउनु भएको श्री लालबाहादुर पुनको धर्मपत्नी, ८५ बर्सिय श्रीमति धनशोभा पुनको गत ३ अप्रिल २०२१ को दिनमा आफ्नै बास स्थानमा निधन भएको खबरले हामी सम्पुर्ण बाग्लुङ्गेहरुलाइ स्तब्ध र मर्माहत बनाएकोछ ।

उहाँको अन्त्यस्थी कार्यक्रम गत ५ मे २०२१ को दिन गिल्डफोर्ड, अल्डर्सड, हाम्सायरको क्रेमोटोरिएम हलमा उहाँको पार्थिक सरिरलाई अन्तिम बिधाइ गरिनुको  साथै हार्दिक श्रदान्जली  अर्पण गरिएको थियो ।

उक्त श्रदान्जली अर्पण गर्ने क्रममा अहिले माहामरी कोबिड १९ कोरोनाको कारण ले केही सिमित आफ्ना परिवारहरु र नजिकका इस्त्र मित्र सहित केही सिमित ब्याक्तित्वहरुलाई मात्र उपस्थिति हुने अनुमती दिईएको थियो ।यसै क्रममा सम्पुर्ण बाग्लुङ्गे समाज बेलायतको तर्फबाट अध्यक्ष श्रीमती छबिमाया पुनज्युले रिथ अर्पण गरि अन्तिम बिधाइ गर्नुको साथै सम्पुर्ण परिवारजनहरु , इस्त्र मित्र्हरुमा धैर्य धारण गर्न शक्ति मिलोस भनेर भगवान सङ्ग प्रथना गर्दै गहिरो समबेदना प्रकट गर्नु भएको थियो ।

जङ्ग पुन
मिदिया सचिब
बा स यु के

फोटो साभार:  अध्यक्ष स्वोएम ।

Nanda Pun/ Web Editor BSUK

Comments are closed.