Archive December 2018

दुदिलाभाटीमा ल्होसार पर्वको समापन : संस्कृतिले समुदाय र जातिको चिनारी दिन्छ : नगरउपप्रमुख काउचा

दुदिलाभाटीमा ल्होसार पर्वको समापन : संस्कृतिले समुदाय र जातिको चिनारी दिन्छ : नगरउपप्रमुख काउचा

गुमानसिँह भण्डारी गल्कोट २०७५ पुस १५ । सस्कृतिले समुदाय र जातिको चिनारी दिने भएकाले यसको संरक्षणमा एकजुट हुनुपर्ने गल्कोट नगरपालिकाकी नगरउपप्रमुख रेनुका काउचा मगरले बताएकी छन् । गल्कोटको दुदिलाभाटीमा गुरुङ समुदायले आयोजना गरेको लोसार पर्वको समापन सत्रमा बोल्दै काउचाले सस्कृतिले कुनै पनि समुदायको चिनारी दिनका लागी महत्वपुर्ण भुमिका खेल्ने भन्दै यसको संरक्षणका लागी नगरपालिका सकरात्मक भएको बताएकी हुन् ।

काउचाले नगरपालिकाले जनजातिका कार्यक्रमका लागी छुट्टै बजेट बिनियोजन गरेको भन्दै आगामि दिनमा समेत यसलाई प्राथमिकता दिने उल्लेख गरिन् ।
कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका अध्यक्ष नेत्र बुढाथोकी, नेकपाका जीवन भण्डारी, नेपाली काग्रेसका फम बहादुर खत्री र राष्टिय जनमोर्चाका टंक केसीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा तमु समुदायका बम बहादुर गुरुङले लोसार पर्व र समुदायको बिषयमा जानकारी गराएका थिए । गल्कोटको दुदिलाभाटीका २०५० सालदेखि निरन्तर रुपमा लोसार पर्व मनाउदै आईरहेको कार्यक्रम संयोजक कुमार गुरुङले ईबागलुङदलाई जानकारी दिए । २८ घरपरिवार बसोबास गर्ने दुदिलाभाटीका तमु समुदायले प्रत्येक बर्ष खेलकुद र सास्कृतिक कार्यक्रम गरि लोसार मनाउने गरेको अध्यक्ष तिल बहादुर गुरुङले बताए ।

चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यी जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्ने अध्यक्ष गुरुङको भनाई छ । ल्होसारको मूलभूत उदेश्य नयाँ बर्षको स्वागत गर्ने हो । ।यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गर्ने गदर्छन । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गत वर्ष कुकुरको वर्षको वर्ष थियो भने यस वर्ष मृगको वर्ष रहनेछ । यस वर्ष भने मृगको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने कुमार गुरुङले बताए । लोसार पर्वको अवसरमा दुदिलाभाटी भित्रका तीन माद्यमिक बिद्यालय बिच भलिबल प्रतियोगिता र सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

भलिबल प्रतियोगितामा दुदिलाभाटी ईङलिस स्कुल प्रथम र चौराह माद्यमिक बिद्यालय व्दितिय भएको आयोजकले जनाएको छ । त्यस्तै सामुहिक नृत्य प्रतियोगितामा दुदिलाभाटी ईङलिस स्कुल प्रथम, आयोजक द्धितिय र सरस्वती माद्यामिक बिद्यालय तृतिय भएका छन । कार्यक्रममा कलाकार खिमा रोका मगरको साँगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम तिल बहादुर गुरुङको अध्यक्षता, सुस्मिता गुरुङको स्वागत मन्तब्य र रिता गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रथम बडीगाड महोत्सब तथा पौँदी न्वागी मेला २०७५ को आयव्यय सार्वजनिक, रु ७१ लाख आम्दानी ६६ लाख खर्च ! !

प्रथम बडीगाड महोत्सब तथा पौँदी न्वागी मेला २०७५ को आयव्यय सार्वजनिक, रु ७१ लाख आम्दानी ६६ लाख खर्च ! !

छविलाल पाण्डे बडीगाड २०७५ पुस १४ ।
बडीगाड गाउँपालिकामा गत मंसिर १ देखि ९ गतेसम्म सञ्चालन भएको प्रथम बडीगाड महोत्सब तथा पौँदी न्वागी मेला २०७५ को शनिबार पत्रकार सम्मेलन मार्फत आम्दानी खर्चको विषयमा जानकारी गराईएको छ ।

“कला, सँस्कृति कृषि र प्रर्यटन समृद्ध बडीगाडको आधार” भन्ने नाराका साथ सञ्चालित कार्यक्रमको आयोजक सँस्था बडीगाड साँस्कृतिक प्रवद्र्धन केन्द्रले आय व्यय विवरण प्रस्तुत गरेको हो ।

सँस्थाका कोषाध्यक्ष विनाकुमारी थापाव्दारा प्रस्तुत प्रतिवेदन अनुसार कुल आम्दानी तर्फ ७० लाख ८५ हजार ७ सय ९५ रुपैयाँ रहेकोमा खर्च विवरण अनुसार ६५ लाख ७१ ह्जार ६ सय ५ रुपैयाँ रहेको छ । जसमध्ये बडीगाड संस्कृति प्रवद्र्धन केन्द्रको नाममा रहेको विवरण अनुसार ५ लाख १४ जार १ सय ९० रुपैयाँ नाफामा रहेको देखिन्छ ।

उक्त आम्दानी खर्च मध्य हालसम्म उठ्न बाँकि २७ लाख ३० हजार ९ सय रुपैयाँ र तिर्न बाँकी २६ लाख ७७ हजार रुपैयाँ रहेको र उक्त रकम केहि समयमै उठान गरी भुक्तान गर्न बाकीँ रकम भुक्तान गरीने बताईएको छ । त्यस्तै सोहि महोत्सबका अवसरमा सञ्चालन गरीएको गाउँपालिका अध्यक्ष कप तेक्वान्डो प्रतियोगिता तर्फ २० लाख आम्दानी रहेको र ३३ लाख ७३ हजार ७ सय २६ रुपैयाँ खर्च भएको सँस्थाका प्रमुख राजेन पाईजाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको थियो । महोत्सवका अवसरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न कलाकारहरुलाई ९ लाख रुपयाँ दिईएको पनि जनाईएको थियो ।

आयोजित कार्यक्रमा गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाले प्रमुख अतिथीको रुपमा आफनो धारणा राख्दै महोत्सब समग्रमा एतिहासिक रहेको बताउँदै बडीगाड गाउँपालिकाको प्रचार –प्रसार र विकासमा थप टेवा पु¥याएको बतााएका थिए ।

आर्थिक व्यवस्थापनमा केहि कमीकमजोरी भएपनी उक्त विषय सामान्य रहेको र सबैको साथ सहयोगका कारण महोत्सबलाई सफल बनाउन सक्दा सबैतिर राम्रो सन्देश गएको भन्दै सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दे सबैको एकताले नै महत्वपुर्ण कामहरु पुरा गर्न सकिने बताए ।

आयोजित कार्यक्रममा बडीगाड गाउँपालिका उपाध्यक्ष अमरबहादुर श्रीस, प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदी, वडा नं.५ का अध्यक्ष अर्जुन खरेल, ६ का अध्यक्ष मौसम (काजी)क्षेत्री, ७ का अध्यक्ष कृष्ण गुरुङ, सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, रेडियो बुर्तिबाङका प्रतिनिधी योगेन्द्र विश्वकर्मा, रेडियो परिवर्तनका प्रतिनीधि हेम विश्वकर्मा, सञ्चारकर्मी दिनेश शर्मा, बडीगाड संस्कृति प्रवद्र्धन केन्द्रका उपाध्यक्ष कृष्ण भट्टराई लगाएत बिभिन्न सँघसँस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको कार्यक्रम बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, सचिव विष्णु आर्चायले सञ्चालनमा सम्पन्न भएको हो ।

बागलुङ बजारदेखि पञ्चकोटसम्म केबलकार

बागलुङ बजारदेखि पञ्चकोटसम्म केबलकार

साभार – बेनी अनलाइन

बागलुङमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पञ्चकोट आउने पर्यटकलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको छ । स्वामी कमलयनयनाचार्यको अगुवाईमा विभिन्न धार्मिक भौतिक संरचनाहरु निर्माण भइरहेको पञ्चकोटमा आउने पर्यटकहरुलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको हो ।

बागलुङका केही व्यवसायीहरुको अगुवाईमा सर्वसिद्धिधाम पञ्चकोट केवलकार प्रा.लि. स्थापना गरी केवलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रा.लि.का सञ्चालक दयाराम पौडेलले जानकारी दिनुभयो । बागलुङ सदरमुकामदेखि नजिकै रहेको मालढुङ्गा हुँदै मुस्ताङ यात्रामा निस्कनेहरुको भिडलाई बागलुङमा आकर्षित गर्नका लागि केवलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको पौडेलको भनाई छ ।

करिब ५० करोड रुपियाँ लागत अनुमान गरिएको उक्त केवलकार निर्माणको प्राविधिक सम्भाव्ता अध्ययन भइसकेपछि कम्पनी दर्ता, विभिन्न मन्त्रालयहरुको अनुमती प्राप्त गरी हाल आफ्नो आशयपत्र बागलुङ नगरपालिकामा पेश गरिएको पौडेलको भनाई छ ।बागलुङ नगरपालिका वडा नं. चार स्थित निर्माणाधिन बसपार्क दावगरा नजिकै तल्लो स्टेशन र पञ्चकोटमा माथिल्लो स्टेशन निर्माण गर्ने गरी प्राविधिक सर्वेक्षण गरिएको छ । बागलुङ बजार नजिकै थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु भएपनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न नसकिएकाले यस्तो अभियान सुरु गरिएको सञ्चालक पौडेलले बताउनुभयो ।

गल्कोट- ३ हटियामा सम्पति तथा भूमि कर संकलन सुरु पहिलो दिन रु २ लाख ५४ हजार संकलन !

गल्कोट- ३ हटियामा सम्पति तथा भूमि कर संकलन सुरु पहिलो दिन रु २ लाख ५४ हजार संकलन !

घनश्याम गोैतम २०७५ पुस ४ । गल्कोट नगरपालिका वडा नं ३ हटियामा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व नीति अनुरुप गल्कोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गल्कोट नगरपालिका वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले जनाकारी दिए । कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद लिई आउन सकिने वडा अध्यक्ष भण्डारीको भनाई थियो । बडा कार्यालयमा कर संकलन कार्य सञ्चालन गरिएको छ ।

आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानको पहिलो दिन वडा नं ३ हटियामा स्थानियको उत्साहजनक सहभागिता रहेको थियो । आज वडा नं ३ का १ सय ४६ घरधुरीले सम्पति तथा भूमि कर तिरेका छन भने पहिलो दिन २ लाख ५४ हजार २ सय ८४ रुपैया राजश्व संकलन भएको वडा सचिव आनन्द प्रसाद शर्माले जानकारी दिए ।

पुस ७ गतेसम्म सञ्चालन हुने यस घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुट रहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । कर संकलन अभियानको बडा अध्यक्ष वीरजंग भण्डारी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमले संयुक्त रुपमा स्थानिय हरिलाल उपाध्यायलाई कर बुझाएको रसिद हस्तान्तरण गरि अभियानको शुभारम्भ गरेका थिए । बिहान १० बजेदेखि कर बुझाउन सकिने वडा कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिकाको काम बजारबाट सुरु

बागलुङ नगरपालिकाको काम बजारबाट सुरु

बागलुङ, ३ पुस
बागलुङ नगरपालिकाले साविकको जिल्ला कृषि विकास कार्यालयमार्फत आफ्नो काम सुरु गरेको छ । यस अगाडि रात्माटामा रहँदै आएको नगरपालिकाको कार्यालयलाई बागलुङ बजारमा सार्ने योजनाअनुसार साविकको जिल्ला कृषि विकास कार्यालयबाट काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पहिलो पटक साविकको जिल्ला कृषि विकास कार्यालयमा नगरकार्यपालिकाको बैठक राखेर काम सुरु गरेको थियो । जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि सिमित कर्मचारी रहेको कृषि ज्ञान केन्द्र तथा आलु जोन कार्यक्रमको सम्पर्क कार्यालय रहको उक्त भवनबाट नगरपालिकाको मुख्य कार्यालय, कृषि विकास शाखा र यस अगाडि रहेका कृषि ज्ञान केन्द्र र आलु जाने कार्यक्रमको सम्पर्क कार्यालय यसै भवनबाट सञ्चालित हुनेछन् ।
नगरपालिकाले संघीयता कार्यान्वयनसँगै खारेजीमा परेर खाली रहेका भवनहरुबाट आफ्नो सेवा प्रदान गर्ने योजना अनुसार विभिन्न भवनहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ । साविक महिला विकासको भवनमा नगरपालिकाको महिला विकास शाखा, न्यायीक इजलास तथा अल्पकालिन महिला सेवा केन्द्र तथा भुसंरक्षण भवनबाट नगरपालिकाको सहकारी कार्यालयको सेवा दिन सुरु गरिसकेको छ ।
नयाँ कार्यालयमा सुरु भएको नगरकार्यपालिकाको बैठकमा कर्मचारी समायोजन, नगरपालिकामा आउने विशेष अनुदान तथा समपुरक अनुदानका विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ । सरकारी संपत्तिको सही संरक्षण गर्ने उद्देश्य अनुसार स्थानीय तहमा हस्तान्तरण भएका कार्यालयबाट सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।