Archive 19th March 2019

बाग्लुङ्गे समाज बेलायतको कार्यकारिणी बैठक – २०१९ सम्पन्न

बाग्लुङ्ग समाज बेलायतको आयोजनामा मिति १७ मार्च २०१९ को दिन समाजको बार्षिक भेटघाटको बिषयमा छलफल गर्नुको लागि बा.स.यु.के.को कार्यकारिणी सदस्यहरुको बैठक अल्देर्सटको भेटघाट रेस्टुरेन्टमा सम्पन्न भयो । सो बैठकलाइ समाजका महासचिब श्री मित्र थापा ज्युले संचालन गर्नु भएको थियो भने अध्यक्ष्य श्रीमती छबि माया पुनज्युले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो र समाजका बरिष्ठ उपाधक्ष्य श्री धन बुढाथोकीज्युले स्वागत मन्तब्यको साथै आउदो बार्षिक भेलाको प्रमुख आयोजकको जिम्मेबारीको बिषयमा बोल्नु भएको थियो !कार्यक्रमको सुरुवातमा समाजका केहि सदस्यहरु दिवंगत हुनुभएकाहरुको सम्झनामा सोक मनाउने कार्यक्रममा रह्यो ।दिबांगित सदस्यहरु क्रमश स्व परविर राना ,स्व तिरकला थापा अनि नि बर्तमान अध्यक्ष्य श्री धन कुवारज्युका पिता स्व मान बाहादुर कुवार हुनुहुन्थ्यो ! उहाँहरुको सम्झनामा एक मिनेट मौन धारण गरेर मृतात्मालाई चीर शान्ति मिलोस भन्ने कामना गरिएको थियो। तत्पश्चात आउने बार्षिक भेटघाटको बारेमा बिबिध बिषयमा बुंदागत रुपमा छलफल भयो । बिशेसत यो बर्ष नेपालबाट कलाकार ल्याउने/नल्याउने बारे निकै लामो रस्साकस्सी चलेको थियो तर अन्तमा यो वर्ष नेपालबाट कलाकार नल्याउने निस्कर्षमा बिषय टुंगियो तर बिबिध मनोरंत्मक कार्यक्रम हुने निर्णय बैठकले पारित गर्यो। जसमा बाग्लुंगे नौमती बाजाको बिशेष आकर्षण रहनेछ भने कौडा नाच ,भजन अनि स्थानीय कलाकारहरु द्वारा प्रस्तुत विभिन्न मनोरंजनात्मक कार्यक्रमले उपस्थित बाग्लुंगेहरुलाइ भरपूर्ण मनोरंजन दिने कुरोमा दुई मत नहुने ठहर गरियो।साथै नेपाल देखि अरु संघ संथाहरुले ल्याउनु भएका कलाकारहरुलाइ सम्भब भए सम्म उक्त भेलामा समाबेस गरिने निर्णय पनि गरिएको छ ।उक्त भेलामा बिशेष सल्लाहकार र एरिआ पर्तिनिधीहरुलाइ सम्मान गर्ने कार्यक्रम पनि भएको थियो|
तेसै गरि ताराखोला गाउ पालिकाको छोरा पधाउनु तान्सेन पाल्पा बस्दै आउनु भये को छमि माया बुधा मगर लाइ आफ्नै घर मै बिजुलि करेन्त लागेर बाया हात गुमायेको साथै अरु सरिर पनि जलेको अवस्थामा केहि आर्थिक सहयोग अपिल गरि फान्बोरो एरिआमा बसोबास गर्नु हुने मन्कारि दाजु भाइ दिदि बहिनि हरु बात सन्कलित £ ३३६.०० वाहकै भाइ पर्ने तेक बाहादुर बुधा मगर लाइ अध्यक्ष्य श्रीमती छबि माया पुनज्युले हस्तान्त्रण गर्नु भयो । नेपाल देखि निजि पारिवारिक भेटघाटको शिलसिलामा बेलायत पाल्नु भएकी साथै उक्त कार्यक्रमको मुख्य अतिथि हाम्रा बाग्लुङ्गे भिमपोखरेलि चेली तथा रास्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष्य,अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पूर्व माहासचिब ने क पा का सल्लाहकार ( गृह मंत्री श्री राम बहादुर थापा ज्युको धर्म पत्नी ) श्रीमती नैनकला थापाज्युलाइ समाजका अध्यक्ष्य श्रेमती छबि माया पुनज्युले खादा र फुलको गुच्छाले स्वागत गर्ने अवसर मिलेको थियो र हालसालै एउटा महत्वपूर्ण बिषय नागरिताको बारेमा उहाँसंग अन्तरक्रिया गर्ने एउटा शुभअवसर पनि मिलेको थियो। समाजको तर्फ देखि उहाँलाइ सानो मायाँको चिनो अध्यक्ष्य श्रीमती छबि माया पुनज्युले प्रदान गर्नु भएको थियो । लामो समयको छलफल पश्चात केहि समय बिश्राम (खाना अनि जलपान) पश्चात फेरी कार्यक्रम संचालन गरियो भने बार्षिक भेटघाट पछि समिक्ष्या बैठक ७ जुलाई मा हुने गरि आउदो भेटघाटमा सम्पूर्ण बाग्लुङ्गेहरुलाइ एक जुटभै साथै यो समाज कुनै पनि राजनीति धर्म जात जाति लिङ्ग भेद भाव नभएर यो एउटा अनि निस्वार्थ शुद्ध समाज भएको आवगत गराउदै सम्पूर्ण बाग्लुङ्गेहरुलाइ हुन् गैरहेको बार्षिक भेटघाट, २३ जुनमा सहभागी भैदिनु हुन् हार्दिक अनुरोधका साथ आफ्नो मन्ताब्या राख्दै अध्यक्ष्यज्युले बैठक समापन गर्नु भयो ।

उक्त दिनमा लिईएका केहि झलकहरु पनि समाबेस गरिएको छ कृपया हेरेर प्रतिक्रिया दिनु होला|
धन्याबाद

जे. पुन
मिडिया सेक्रेटरी (BSUK)

हार्दिक श्रद्धान्जली

बाग्लुङ्गे समाज यु केको सल्लाहकार/भुपु अध्यक्ष क्या. श्री धन बहादुर कुँवरज्युको पुज्यनिय पिता बाग्लुङ जिल्ला बुर्तिबाङ निवासी स्व. श्री मान बहादुर कुँवर कठ्माण्डौ नर्भिक अस्पतालमा उपचारको क्रममा गत शुक्रबार ८ मार्च २०१९ को दिन ७९ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी बाग्लुङे समाज युके परिवार अत्यन्तै मर्माहत भएका छौं।
यस दु:खद घडीमा बासयुकेका अध्यक्ष श्रीमती छबिमया पुन साथै समाजको तर्फबाट मृतकको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्द्छौं।
शोक सन्तप्त परिवारमा गहिरो सहानुभुती का साथ धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समबेदना प्रकट गर्दछौं।
श्रद्धाञ्जली,

मित्र थापा
महासचिव
बाग्लुङ्गे समाज यु के

हार्दिक श्रदान्जली सहित समबेदना !

बाग्लुङ्गे समाज यु केकी सदस्य श्रीमति त्रीकली थापा मगर स्थायी घर बाग्लुङ साबिकको राङखानी गा बि श वडा नम्बर ५ हाल बेलायतको सल्स्बरी, टिडवोर्थमा बस्दै आउनु भएको थियो।
उहाँको हिजो शनिबार २ मार्च २०१९ को बिहान ११:५० बजे ७९ बर्षको उमेरमा सल्स्बरी हस्पिटलमा उपचारको क्रममा असामायिक निधन भएको समाचारले हामी अत्यन्तै मर्माहत भएका छौं।
बासयुकेका अध्यक्ष श्रीमती छबिमया पुन साथै समाजको तर्फबाट मृतक प्रती भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै नेपालमा हुनु भएका शोक सन्तप्त परिवारमा गहिरो सहानुभुती का साथ धैर्य धारण गर्ने शक्ति मिलोस भनी प्रार्थना गर्दछौं।
वहाँको श्रीमान स्वर्गीय शेर बहादुर थापाको केही बर्ष अगाडी स्वर्गवास भए पछि मृतक यहाँ एक्लै बस्दै आउनु भएको थियो। छोराछोरीहरु नेपालमै भएकोले अन्तिम दाहसंस्कारको लागी वहाँको पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया हुँदै गरेको कुरा उक्त कार्यमा संलग्न टिडवोर्थमा बस्नु हुने बासयुकेका सदस्य श्री गंग ब राना मगरज्यु र आम्स्बरिमा बस्नु हुने श्री मोहन थापा ज्युले अवगत गराउनु भयो।
यस दु:खद घडीमा समाजको तर्फबाट सक्दो सहयोग हुनेछ धन्यवाद।

हार्दिक श्रद्धाञ्जली,

मित्र थापा
महासचिव
बाग्लुङ्गे समाज यु के

हार्दिक श्रदान्जली सहित समबेदना !

हाम्रो बाग्लुङ्गे समाज यु केको एक ज्येष्ठ बयोबृद्ध सदस्य ८६ बर्षिय श्री परबिर राना स्थायी घर गल्कोट नगरपालिका वडा नम्बर ११ रिघा गब्देघार हाल बेलायतको रेडिङ्गमा धर्मपत्नी श्रीमती मनकुमारी राना, छोरा देब राना, बुहारी र नातिनातिना सङ्ग बस्दै आउनु भएको थियो। बिरामी पर्नु भए पछि गएको केही दिन देखि रेडिङ्गको रोयल बर्कशिर हस्पिटलमा उपचार भइरहेको क्रममा आज १८ जनवरी २०१९ को बिहान ७:३० बजे असमाहिक निधन भएको समाचारले हामी अत्यन्तै मर्माहत भएका छौं। मृतक प्रती भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं साथै शोक सन्तप्त परिवार यहीँ हुनु भएका वहाँकी धर्मपत्नी श्रीमती मनकुमारी राना, छोराहरु तिकाराम राना र देब राना साथै वहाँको बुहारीहरु नातिनातिनाहरु र देश बिदेशमा हुनु भएका अन्य परिवारमा गहिरो सहानुभुती का साथ धैर्य धारण गर्ने शक्ति मिलोस ।

बाग्लुङ्गे समाज बेलायत