Archive May 2019

बाग्लुङ्गे समाज बेलायको बार्षिक भेटघाट- २०१९ हुदै

बाग्लुङ्गे समाज बेलायको बार्षिक भेटघाट- २०१९ हुदै

हाम्रो शान बाग्लुङ्गेको पहिचान भन्ने नारा सहित बाग्लुङ्गे समाज बेलायतले सधैं जस्तै यो वर्ष पनि बार्षिक भेटघाट, यहि आउँदो २३ जुन २०१९ आइतबारको दिन सामुअल कोडि स्पेसल सपोर्ट कलेज फर्नबरोमा आयोजना तय गरेको छ जसमा बिभिध कार्यक्रम गरि भाब्याताको साथ सम्पन्न गर्नुको लागि समाजका अध्यक्ष श्रीमती छबिमायाँ पुन र भेटघाट संयोजकको सम्पूर्ण अभिभारा बहन गर्नु भएका बा स यु के का उपाध्यक्ष श्री धन बुढाथोकीज्यु लगायत सम्पूर्ण कार्य समितिका सदस्यज्युहरुले मेहनतका साथ तिब्र गतिले अगाढी बढेका छौं ! भेलाका मुख्य आकर्षणको पात्रहरुमा नेपाल देखि पाल्नु भएका अतिनै चर्चित लोक तथा दोहोरि गायक गायीकाहरुको जोडदार प्रस्तुति रहने छ ! पछिल्लो समय “सालको पात टपरी हुने” अति लोकप्रिय, भाइरल, उत्कृस्ट लोकगीतका गायक कुलेंद्र बि क, अति चर्चित गीत “मायाँकै पिरलो ” कि गायीका तथा “स्टेज कुईन” भनेर चिनिनु हुने मिठो स्वरकी धनि भूमिका गिरि तथा चर्चित लोक तथा दोहोरि गायक पवन राना जस्ता चर्चित कलाकार भाइबहिनिहरुको धमाका साथमा अहिलेको समय बेलायतमा निकै लोकप्रियता कमाउदै आएको बाग्लुङ्गे नौमती बाजाको उत्कृस्ट प्रदशनले त झनै स्टेजको माहोल नै फरक हुने छ ! त्यसै गरि हाम्रो बाग्लुङ्गेहरुको चिनारी सोरठी, सालैजो, कौडा झ्याउरे गीतहरु जस्ता प्रख्यात लोक तथा मौलिक कला संस्कृतिको धानि मानिने बाग्लुङ्गेहरुको प्रस्तुतिले झनै रमाइलो बातावरण हुनेछ ! त्यसैले सम्पूर्ण बाग्लुङ्गे दाजुभाइ, दिदिबहिनिहरु, आमाबाबाहरु, नानिबाबुहरू साथै जसलाई म बाग्लुङ्गे हु भनेर गौरब गर्नु हुन्छ यहाँहरुको उपस्थिति अति नै अपरिहार्य हुनेछ ! आउनुहोस, रमाइलो गर्नुहोस, एक अर्कामा लामो समय सम्म भेटघाट नभएको हुनसक्छ पुरानो यादहरु स्मरण गर्नुहोस्, यहाँहरुलाइ हाम्रो अतिनै स्वादिस्ट भेटघाट भोजनालयले तयारि बनाएका अनेक परिकारहरुको स्वाद लिनुहोस् साथमा चिसो चिसो स्टेल्ला बियर, व्हिस्की, वाइन साथै अन्य पेय पदार्थको चुस्कीलाई पनि सम्झिनुहोस ! आउनुहोस रमाइलो गरौँ ! हामी बाग्लुङ्गेहरु कहिले पनि पछाडी नहट्ने हाम्रो मुख्य बानी हो ! स्पोन्सर गर्नुहोस् या कुनै आपत-बिपतमा परेकाहरुलाई सहयोग गर्न जहिले पनि तत्पर रहौ र हुन्छौं पनि ! यहि नै हामी बाग्लुङ्गेको असली पहिचान हो !

जय बाग्लुङ्गे समाज बेलायत

जंग पुन
मेडिया सेक्रेटरी
बाग्लुङ्गे समाज बेलायत

आर्थिक सहायोग हस्त्रान्त्रण

आर्थिक सहायोग हस्त्रान्त्रण

बाग्लुङ्गे समाज बेलायतले, बाग्लुङ्ग जिल्ला जैमुनी नगरपालिका राङ्खानी गाविस वडा नं. ५ स्थाई ठेगाना भयका श्री मिम बहादुर श्रीसको उपचांरको लागि आर्थिक सहयोग सँकलन गरेको थियौ, तर उहाँको 29 April 2019 मा अस्पतालमै मृत्यु भयको जानकारी बासयुकेका महासचिव श्री मित्र थापाले यही सँनजाल मार्फ़त जानकारी दिनुभयको थियो। उहाँको नाममा जंम्मा भएको सहयोग रकम तुरुन्तै नेपाल पठाएर उहाँको परिवारलाई हस्तान्तरण गरिदिने निर्णय गरेको थियो। सोहि निर्णय अनुसार श्रीमती लाल मायाँ थापाले पहल गर्नुभयको बिवरण यस प्रकार छ।:-

बासयुकेका सदस्यहरू लगायत् संम्पुर्ण युके बाशी दाजु भाई तथा दिदी बैनीहरू बाट सहयोगी रक़म जंम्मा £1666.00 भयको जानकारी गराउँदछौ। र त्यो रकम श्रीमती लाल मायाँ थापाले नेपाल पथाई उहाँका दाजु भुपु सूबेदार श्री सुर्य रानाले, स्वर्गीय श्री मिम बहादुरकी धर्म पत्नी श्रीमती दिल मायाँ श्रीसलाई हस्तान्तरण गर्नुभयको छ। श्री स्वर्गीय मिम बहादुर श्रीसको उपचार खर्चमा लागेको रिण तिर्न र उहाको काज क्रियामा खर्च गर्नमा धेरै ठुलो मदत मिलेको कुरा स्वर्गीय मिम बहादुरकी श्रीमती दिल माया श्रीसले भन्नुभएको छ। संम्पुर्ण बासयुके लगायत युके बाशी सहयोगी दाता हरुलाई सहयोगको लागी धेरै धेरै धन्यावाद दिदै हृदयंदेखिनै आंभार प्रकत गर्नु भएको छ। हस्तान्तरणको केही फोटोहरू पनि तल उपल्बद छन्।

अन्त्यमा बासयुकेका कार्यसमितिको सहयोग, निर्णय र सुझाबको लागी धन्यवांद। बासयुकेका संम्पुर्ण सदस्यहरू, युके बाशी दिदी बैनी तथा दाजु भाईहरू, हजुरहरूको स्वेच्छाले यो आर्थिक अपीललाई सहयोग गरिदिनु भयकोमा सहयोगी मनकारी, दयांलु मनहरूलाई धेरै धेरै धन्यवांदको साथै आंभार ब्यत गर्दछौ। हजुरहरूलाई खान पुगोस् दिन पुगोस् शुभकांमना छ! धन्यवांद।

निर्देशांक:
श्रीमती लाल मायाँ थापा,
श्री सुभाष श्रीस मगर।