Archive 26/11/2020

बाग्लुंगे समाज यु केको बार्षिक साधारण सभा २०२० सम्पन्न

नन्द पुन
वेब एडिटर, बाग्लुंगे समाज यु के

बाग्लुंगे समाज यु केको भर्चुअलल बार्षिक साधारण सभा यहि २२ डिसेम्बर २०२० मा  सम्पन्न भएको छ । बाग्लुंगे समाज यु केका कार्यकारिणी पदाधिकारीहरु, छेत्रीय प्रतिनिधिहरु, सल्लाहाकारहरु साथै अन्य साधारण सदस्यहरुको भर्चुअल उपस्थिति राम्रै देखिएको थियो ।

समाजका महासचिब श्री मित्र थापाज्युले उक्त बैठक संचालन गर्नु भएको थियो । बाग्लुंगे समाज यु केकी अध्यक्ष श्रीमती छाबिमयाँ पुनज्युको अनुमति लिएर समाजका उपाध्यक्ष श्री खड्का थापाज्युले बैठकमा जोडिनु भएका सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको प्रथम चरणमा समाजको बार्षिक गतिविधिको प्रतिबेदन पेस गर्ने क्रममा,  महासचिब श्री मित्र थापज्युले समाजले वर्ष भरिमा गरेको सम्पूर्ण कार्यहरुको प्रतिबेन प्रस्तुत गर्नु भएको थियो भने सम्पूर्ण आर्थिक कारोबारको प्रतिबेदन समाजका कोषाध्यक्ष श्री हरि घर्तिज्युले पेस गर्नु भएको थियो । साथै बाग्लुंगे समाज नौमती समुहको बार्षिक आयव्ययको रिपोर्ट नौमती समूह सदस्य श्री भिम थापाज्युले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रमको दोस्रो चरणमा बाग्लुंगे समाज यु केको बैठकका अजेण्डाहरुमा छलफल भएको थियो । उक्त दिनको सबै भन्दा धेरै छलफल र बहसको बिषय थियो “अन्तरास्ट्रिय बाग्लुंगे सेवा समाज” । यो बिषयलाई बैठकमा छलफलको लागि ल्याउनु हुने सोहि समाजसंग आबद्द ब्यक्तित्व द्वय श्री कृष्ण शर्मा र श्री महेन्द्र के सी ज्युले उक्त समाजको बारेमा जानकारी गराउनु भएको थियो । बिषय नयाँ, अनि पूर्ण रुपमा जानकारी नभएको साथै समाजको बिधान पूर्ण रुपमा अध्यन तथा छलफल नगरी अहिले नै मान्यता दिन नसकिने धाराणा बाग्लुंगे समाज यु केकी अध्याक्ष श्रीमती छाबिमयाँ पुनज्यु, उपाधक्ष द्वय धन बुढाथोकीज्यु र खड्का थापा ज्यु , सल्लाहाकारहरु श्री राम पुनज्यु , श्री धन कुवरज्यु र श्री दिपक कुमार काउचाज्युले दिनु भए पश्चात अहिले नै अन्तरास्ट्रिय बाग्लुंगे सेवा समाजसंग आबद्द हुन नसकिने निर्णय गरिएको थियो ।

बैठकका अन्य अजेण्डहरुमा, नेपालमा दैबी प्रकोप तथा रोगब्याधले उत्पीडनमा पर्ने पिडितहरुको लागि आर्थिक राहत संकलन के, कसरी अगाडी लाईजाने या स्थगित गर्ने भन्ने बिषयमा थियो, जसमा अर्को अधिबेशन नहुन्जेल सम्मलाई अहिलकै प्रकिया अनुसार अगाडी बढाउने निर्णय गरिएको थियो । साथै अर्को बर्षको लागि बार्षिक भेटघाट तथा अधिबेशनको मिति समेत तय गरिएको थियो ।

कार्यक्रमको अन्त्य तिर भर्खर मात्र बाग्लुंगे समाज यु केले ढोरपाटन बढी पिडितहरुलाई आर्थिक सहयोग गरे बाफत ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीज्युले प्रदान गर्नु भएको प्रसंसा पत्र तथा प्रतिबद्धता पत्र समाजका मेडिया सचिब श्री जंग जुनज्युले पढेर सुनाउनु भएको थियो ।

बिहान १० बजे सुरु भएको बैठक बेलुकी ५ बजे समापन भएको घोषणा समाजका अधक्ष श्रीमति छाबिमयाँ पुनज्युले गर्नु भएको  थियो ।

आर्थिक सहयोग हस्तान्त्रण – उमेश पुन

सेर बहादुर पुन
सहसचिब, बाग्लुंगे समाज यु के

सम्पुर्ण बाग्लुङे समाज यु के कार्यसमिति साथै सल्लाहाकार अनि साधारण सदस्यहरुमा नमस्ते।

इन्द्रेणी कार्यक्रम मार्फत ०७६/०९/०८ मा प्रसारण भएको काठेखोला गाँउ पालिका वडा नं ८ लेखानी/कादेसमा हुनुभएको उमेश पुनलाई अति नै नाजुक अवस्थामा देख्यौं। उनको बुवा क्यान्सर जस्तो रोगबाट ग्रसित भयपछि उमेश पुनलाई त्यस्तो अति नै निर्बलरुपमा देख्दा हामीहरु कोहि पनि चुप लागेर बस्न सकेनौ । बाग्लुन्गे समाज यु केका अध्यक्ष श्रीमति छ्बिमाया पुन लगायत सम्पुर्ण समाजका पदाधिकारिहरु अनि सल्लाकारहरुले उमेश पुनको लागि पैसा संकलन गर्न  मलाइ जिम्मा दिनु भएर महासचिब मित्र थापालज्युले सबै प्रबन्ध मिलादिनु भएकोमा मुरि मुरि धन्यवाद छ । सहयोगी  मन भएका बाग्लुङे समाज यु केका  सदस्यहरु ६५ जनाबाट £१२४८ (रु. एक लाख शतासि हजार दुइ सय रुपिया) संकलन गर्न सक्षम हुन पाउदा, जन्मै अपान्ग भएका उमेश पुनको केहि सयोग होस भनि म हृदय देखि नै आभार ब्याक्त गर्द्छु । यो कोरोना भाइरस को कारनले गर्दा धिलो भए पनि गत 20 November 2020 पोखरामा भएको प्रोग्राममा इन्द्रेणि समूह मार्फत बिरामी उमेश पुनलाई कृष्ण कडेल र इन्द्रेणि परिवर साथै काठेखोला गाउपलिका ८ की वडा अध्यक्ष श्रीमती  चित्रा श्रीस द्वारा हस्तन्नर गरिएको थियो।
धन्याबाद्।

संग्योजक
सेर बहादुर पुन
सचिब बाग्लुङे समाज यु के

आफु नखाएर भए पनि दुखिहरुको उद्धार गर्ने यहाँहरु  सबैलाई भगवनले रक्षा गरुन !
सहयोगी मनारुको नामावली यसप्रकार छ !
1. Chhabimaya/Hira Pun £20
2. Mitra Thapa £20
3. Ser Pun £20
4. Purna Rana £25
5. Nanda Pun (B’Mouth) £20
6. Bhim thapa £20
7. Dhan Siris £20
8. Balaram Pun £20.00
9. Ram bdr Thapa £20 
10. Janga Pun Bmouth £20 
11. Bikram Rana,Reading £22 
12. Dhan Budhathoki £20 
13. Hira Partel £20 
14. Man Thapa £20 
15. Khadka Thapa £21 
16. Bhakta Thapa Birmingham £20 
17. Jit/ Tara Pun Peterborough £20
18. Mangal pun (Reading)£21 
19. Ram Bahadur Pun F’stone £10 
20. Dal Budhathoki P/boro £20 
21. Amar Pun Ashford/Kent £20 
22. Bhakta Thapa Baisingstoke £15 
23. Dal Pun F’borough £20 
24. Kharka Homkumari Pun £20 
25 . Deu Rupa Rana £10 
26. Yubraj Thapa P’Borough £20 
27. Rudra Chhantyal £21 
28. Harka Pun B’mouth £20 
29. Jit Rana Camberley £25 
30. Sudarshan Rajbhandari London £25 
31. Bir Bahadur Thapa £20 
32. Chuda Roka £20 
33. Om Resmi £20
34. Hari Gharti £15 
35. Maniraj Jolmi P’borough £20 
36. Indra Pun Reading £20 
37. Dal Shahi £20 
38. Sammar Gharti £20 
39. Tirtha Shahi £ 15 
40. Prem Gharti Magar Edinburgh £20 
41. Subhash Shrees Magar Croydon £20 
42. Dhan Kunwar £20 
43. Deepak Kaucha £20 
44. Govinda Shrees £20 
45. Dal Thapa £20 
46. Mahendra KC £10 
47. Shasiram Pun £20 
48. Purna Pun Croydon £11
4
49. Tek Budha Magar (Maidstone) £20 
50. Major Om Pun £20 
51. Bhim Shreesh £20 
52. Ful Shrish £20 
53. Kharka Pun (Plumstead) £20 
54. Man Thapa ( Feltham) £15
55.C Thapa(Oxford) £17 
56. Sam Serchan £20 
57. Om Thapa £20 
58. Tam Pun £20 
59. Jag Bahadur Pun Peterborough £20 
60. Purna Thapa(woking) £20 
61.Deurupi Thapa (Plumstead)£20 
62. Yam Thapa (Dover) £25 
63. Bishnu Rana (Peterborough) £15 
64. Lalmaya Thapa £15 
65 Davimaya Pun (Plum stead) £20