Archive 15/02/2021

आर्थिक सहयोग हस्तान्तरण

गल्कोट नगरपालिका १ साबिक दुदिलाभाटी चौराहा, पात्लेखोला निवासी शेर बहादुर पुनमगरको छोरा मृगौला बिमारबाट पिडित बर्ष २४ को तुल बहादुर पुनमगर (सुजन) को उपचारको लागि सुजन बचाउ अभियानको आवहानमा दल बहादुर बुढाथोकीमगर र लेख बहादुर काउचा/पुनमगरको अगुवाईमा बाग्लुङ्ग समाज यूकेले संकलन गरी “सामाजिक साहारा नेपाल” मार्फत पठाएको सहयोग रकम ३७०१.०० स्टर्लिङ पाउण्डको १ = १५५.०५ को दरले र आइएमई बाट थप गरिएको सहित जम्मा साथै यूकेमै रहेका मन कुमार काउचामगर र पडम काउचामगर बाट प्राप्त भएको १०/१० हजार रुपियाँ गरी २० हजार सहित एकमुस्त जम्मा रु ५,९७,८५५.०० (अक्षरुपी पाँच लाख सन्तानब्बे हजार आठ सय पचपन्न रुपैयाँ) “सामाजिक साहारा नेपाल” कि अध्यक्ष मनमाया थापामगरद्वारा पोखरामा ३ जनवरी २०२१ आइतबारको दिन पोखरा मगर संघको अध्यक्ष श्री हर कुमार रानामगर, सचिव श्री लक्ष्मण पुनमगर साथै अन्य पदाधिकारी र व्यक्तित्वहरुको उपस्थितीमा हस्तान्तरण गरेको कुरा जानाकारी गराउन चाहान्छौं ।
 
अहिलेको यस कोरोनाको महामारीको विषम परिस्थितीमा पनि यूकेमा रहनुहुने बाग्लुङ समाजका सदस्यज्यूहरुले “सेवा नै धर्म हो” भन्ने उक्तिलाई आत्मसाथ गर्दै र मानविय समवेदनालाई ख्याल राख्दै किड्नी पिडित सुजन पुनमगरको सहयोगको निम्ति हाम्रो यस सामाजिक साहारा नेपालले गरिरहेको सामाजिक कार्यसंग हातेमालो गर्नु भएकोमा म, तपाई हाम्रो सबैको तर्फबाट उहाँको सिघ्र स्वास्थ लाभको कामना गर्दछु । हामीले आशा गरेका छौं यहाँहरुले गर्नुभएको सहयोगले निस्चय पनि सुजन पुनले पहिलेको जस्तै स्वास्थ जीवन जिउन मद्दत मिल्ने छ । यहाँहरुले गर्नुभएको यस पुन्य कामको लागी बाग्लुङ समाज यूकेका अध्यक्ष श्रीमति छवीमाया पुनमगर साथै समाजका सम्पूर्ण सहयोगी मनहरुलाई आगामी दिनहरुमा पनि यहाँहरुको साथ र सहकार्यको अपेक्षा गर्दै सुजन पुन र संस्थाको तर्फबाट संस्थाकी अध्यक्ष मनमाया थापामगरज्युले धन्यवाद दिनु भएको थियो