Archive 30/04/2021

हार्दिक श्रदान्जली

 गृह जिला बाग्लुङ्ग जैमुनी न पा वडा न ९ पैयु कह गाउँ निवासी, ८५ बर्सिय श्रीमती मनरुपा थापा मगरज्युको गत १९ मार्चको दिन बेलायतको पलम्स्तटिड आफ्नै निवासमा निधन भएको थियो ।  आफ्नो परिवारहरुको इच्छा अनुसार उहाँको पार्थिक सरिरलाइ नेपालमै लैजाने भएकोले गत २९ अप्रिल २०२१ को दिन नेपाल पथाइएको थियो ! आजु ३० अप्रिल २०२१ को दिन नेपाल पुगेर आफनै गाउँघरको समाधिस्थल जिमिरेघाटमा भोलि १ मे २०२१ को दिनमा दाहसंस्कार गरिने जानकारी उहाँको आफन्त साथै छिमेकीहरु प्रेम थापाज्यु र दल थापाज्युले जानाकारी दिनु भएकोछ ।
यस दुखद घडीमा बाग्लुङ्गे समाज बेलायतका अध्यक्ष श्रीमती छवि मायाँपुनज्यु ,सम्पुर्ण कार्यासमितीज्युहरु साथै सम्पुर्ण बाग्लुङ्गेहरुको तर्फ देखि मृत आत्माले स्वोर्गमा शान्ती मिलोस साथै सम्पुर्ण परिवारजनमा धैर्य धारण हुने शक्ति मिलोस भनी गहिरो समबेदना प्रकट गर्दछौ ।
धन्याबाद

जङ्ग पुन
मिदिया सचिब, बा स यु के

फोटो साभार:
दल थापा मगर

हार्दिक श्रदान्जली

हार्दिक श्रदान्जली ,
 
बाग्लुङ्ग जिल्ला स्थाइ घर बिहु कर्लिम हाल सुइन्देन बेलायतलाई परिवारको साथ आफ्नो कर्म ठलो बनाउदै आउनु भएका श्री रामु कडेलज्युको उपचारको क्रममा गत ४ अप्रिल २०२१ को दिनमा  ब्रिस्टल हस्पिटलमा आकस्मित निधन हुनु भएको खबरले हामी सिङ्गो बेलायतबासी बाग्लुङ्गेहरुलाई स्तब्ध बनाएको छ ।उहाँको परिवारलाई ठूलो बज्रपात र परिवार गुमाउनु परेको पीडाले आकुल ब्याकुल बनाइरहेको क्षणमा बाग्लुङ्गे समाज बेलायतका अध्यक्ष श्रीमती छबिमायां पुनज्यु र सिङ्गो कार्यसमिती लगाएत सम्पुर्ण बाग्लुङ्गेहरुको तर्फ देखि उहाँको मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदांजली अर्पण गर्दै उहाँको सपरिवार प्रती धैर्य धारण गर्ने  शक्ति प्रदान गरून् भन्दै भगवान सङ्ग प्रथान गर्दै गहिरो समबेदना प्रकट गर्दछौ ।

जङ्ग पुन
मिदिया सचिब
बा स यु के