Archive 17/07/2021

आर्थिक सहयोग हस्तान्तरण – प्रेम श्रीस

बाग्लुङ्ग समाज बेलायतको आर्थिक सहयोग संकलन र हस्तान्तरणको क्रम निरन्तर हुँदै गर्दा फेरि अर्को एउटा आर्थिक सहयोगको अनुरोधमा बाग्लुङ्ग जिल्ला, बरेङ्ग गाउँपालिका वडा नं २ हुग्दिशिर बराहकोट निबासी श्री प्रेम श्रीसको प्रेसरको कारण अप्रेसन परेको साथै दुवै मृगौला फेल भएकोले  मेडिसिती अस्पतालमा उपचार भइरहेको छ ! मृगौला प्रत्यारोपण गर्नको लागि घरको आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण बागलुङ्गे समाज बेलायतलाई आर्थिक सहयोग गरिदिनको लागि बा स युकेका सदस्यद्वय श्री मन बहादुर थापा रेडिङ्ग र बिक्रम राना रेडिङ्ग ज्युले अपिल गर्नु भएको थियो ।आर्थिक सहयोगमा सम्पुर्ण बाग्लुङ्गे मनकारी सहयोगी दाताहरुले सहयोग गर्नु भएको थियो । बाग्लुङ्गे समाज यु के अभियान्ता सकृय सदस्य बिक्रम रानाज्युको नृतित्वमा आर्थिक सहयोग संकलन भएको थियो र उक्त रकम हालै पोखरामा बसोबास गर्दै आउनु भएका केहरसिङ्ग श्रीस द्वारा हस्तान्तरण भएको जानकारी अभियानकर्ता बिक्रम रानाज्यु ले जाअन्कारी दिनु भएको छ ।साथै बाराह्कोट समाज यु के ले पहिले सहायो रकम संकलन गरि हस्तान्तरण गरिसक्नु भएको पनि स्वोएम बिक्रम रानाज्युले जानकारी दिनु भएकोछ ।
 
बाग्लुङ्ग समाज यु के का अध्यक्ष श्रीमती छबिमाया पुनज्यु लगाएत कार्यसमितिज्यु हरु साथै सम्पुर्ण बाग्लुङ्गे सनाज यु के तर्फ देखि मिर्गौला पिडित प्रेम श्रीस ज्युको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ ।
 
जया बाग्लुङ्गे समाज यु के
 
जङ्ग पुन
मिडिया सचिब
बा स यु के ।
 

हार्दिक श्रदान्जली – सुरा बहादुर थापा

आयो तप्प तिप्यो, लग्यो मिति पुग्यो तारेर तर्दैन त्यो ।
छैठो दिनमा भाबिले लेख्या हुन्छरे मानिसले मिति सारेर सर्दैन त्यो ।

हार्दिक सर्दान्जली अर्पण ।

बाग्लुङ्ग जिल्ला बधिगाउ नगरपालिका वार्ड न ८ साबिक रनसिङ्ग कितेनी गा बि स पुरान गाउँ, हालै बेलायत पलम्स्तिड निवासी ६५ बर्शिय श्री सुरा बाहादुर थापाज्युको गत २८ जुन २०२१ को दिनमा उपचारको क्रममा कुइन्स एलिजाबेथ अस्पतालमा दुखद निधन भएको थियो ।
उहाँको पार्थिक सरिरको अन्तिम बिधाइ गत सोमबार १२ जुलाइ २०२१ का दिन सम्पन्न भएको थियो । श्रदान्जली कार्याक्रममा विभिन्न संघ संस्था इस्त्र मित्र्हरुको धेरै बाक्लो उपस्थिति कोबिड १९ को कारण हुन कठिन भए पनि बिशेष ब्याक्तित्वहरुको मात्र सहभागिता जनाउने क्रममा सम्पुर्ण बाग्लुङ्गे समाज बेलायतको तर्फ देखि अध्यक्ष श्रीमती छबिमाया पुनज्युले समाजको तर्फ देखि फुलको गुच्छा रिथ चढाई हार्दिक श्रदान्जली अर्पण गर्नु भएको थियो । साथै सम्पुर्ण परिवारजन इस्त्र-मित्रहरुमा धैर्य धारण हुने शक्ति मिलोस भनी भगवानसङ्ग प्राथना गर्नु भएको थियो ।

हार्दिक सर्दान्जली ।

जङ्ग पुन
मिदिया सचिब
बा स यु के

फोटो साभार अध्यक्ष श्रीमती छबिमाया पुन