आर्थिक सहयोग हस्तान्तरण – प्रेम श्रीस

आर्थिक सहयोग हस्तान्तरण – प्रेम श्रीस

Please share this news to the world !
बाग्लुङ्ग समाज बेलायतको आर्थिक सहयोग संकलन र हस्तान्तरणको क्रम निरन्तर हुँदै गर्दा फेरि अर्को एउटा आर्थिक सहयोगको अनुरोधमा बाग्लुङ्ग जिल्ला, बरेङ्ग गाउँपालिका वडा नं २ हुग्दिशिर बराहकोट निबासी श्री प्रेम श्रीसको प्रेसरको कारण अप्रेसन परेको साथै दुवै मृगौला फेल भएकोले  मेडिसिती अस्पतालमा उपचार भइरहेको छ ! मृगौला प्रत्यारोपण गर्नको लागि घरको आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण बागलुङ्गे समाज बेलायतलाई आर्थिक सहयोग गरिदिनको लागि बा स युकेका सदस्यद्वय श्री मन बहादुर थापा रेडिङ्ग र बिक्रम राना रेडिङ्ग ज्युले अपिल गर्नु भएको थियो ।आर्थिक सहयोगमा सम्पुर्ण बाग्लुङ्गे मनकारी सहयोगी दाताहरुले सहयोग गर्नु भएको थियो । बाग्लुङ्गे समाज यु के अभियान्ता सकृय सदस्य बिक्रम रानाज्युको नृतित्वमा आर्थिक सहयोग संकलन भएको थियो र उक्त रकम हालै पोखरामा बसोबास गर्दै आउनु भएका केहरसिङ्ग श्रीस द्वारा हस्तान्तरण भएको जानकारी अभियानकर्ता बिक्रम रानाज्यु ले जाअन्कारी दिनु भएको छ ।साथै बाराह्कोट समाज यु के ले पहिले सहायो रकम संकलन गरि हस्तान्तरण गरिसक्नु भएको पनि स्वोएम बिक्रम रानाज्युले जानकारी दिनु भएकोछ ।
 
बाग्लुङ्ग समाज यु के का अध्यक्ष श्रीमती छबिमाया पुनज्यु लगाएत कार्यसमितिज्यु हरु साथै सम्पुर्ण बाग्लुङ्गे सनाज यु के तर्फ देखि मिर्गौला पिडित प्रेम श्रीस ज्युको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ ।
 
जया बाग्लुङ्गे समाज यु के
 
जङ्ग पुन
मिडिया सचिब
बा स यु के ।
 
Nanda Pun/ Web Editor BSUK

Comments are closed.