बाग्लुङ्ग समाज बेलायतले बिगत लामो समय देखि गम्भीर प्रकारका रोग र समस्या वा बिपतीमा परेकाहरुलाई सक्दो सहयोग गर्दै आएको छ । येति खेर पनि बाग्लुङ्ग, ताराखोला निवासी नरेन्द्र घर्ती मगर, उहाँ रोजगारीको सिलशिलामा बिदेश जाने क्रममा अतिनै जतिल जोखिम, भयानक रोग अपलास्तिक अमेनिया ( Aplastic Amenia ) रोग सङ्ग लदिरहनु भएको थियो । 10 दिसेम्बर 2018 को दिन बाग्लुङ्ग समाज बेलायतले एउता महत्वपुर्ण कार्य गर्न सफल भएको छ । उपचारको लागि आफ्नो आर्थिक अवस्था कम्जोर भएकै कारण आफै जुताउनु सम्भब थिएन र आर्थिक सङ्कलन जुताउनुको लागि पुर्ब संविधान सभाका सद्स्य केशरी घर्ती मगर ज्युको पहलमा उहाँ औपचारिक बेलायत भ्रमणको अवसरमा बाग्लुङ्ग समाज बेलायतका पुर्ब अध्याक्ष्य दीपक कुमार काउचा लगाएत सम्पुर्न कार्यसमितिहरु समक्ष आर्थिक सहयिगको लागि अपिल गर्नु भएको थियो । र सम्पुर्ण सहयोकी भावनाका धनी मन्कारी बाग्लुङ्गेहरु बाट रु 3,02,000.00 (तीन लाख दुई हजार रुपैंया)सङ्कलन गर्न सफल भएको थियो,उक्त सन्कलित रुपैंया पुर्ब सभासद केशरी घर्ती मगर ज्यु र गोल्द मिदियाका मिदिया कर्मी झङ्कार बुधा मगरज्युको रोहबरमा नयाँ निरर्बाचित बाग्लुङ्ग समाज बेलायतका अध्याक्ष श्रीमती छवि मायाँ पुन ज्युले उक्त रकमको चेक हस्तान्तरण गर्नु भयो । उहाँ परिवारिक भेटघाटको लागि छोटो समयको लागी नेपाल बिदामा हुनुहुन्छ । रकम संकलनको लागि समाजका कोषाध्यक्ष हरि घर्ती मगरज्युले मुख्य भुमिका निभाउनु भएको थियो। उक्त सङ्कलित रकमले पक्कै पनि नरेन्द्र घर्ती मगर ज्युको उपचारको लागि उर्जा मिल्ने छ र उहाँले नयाँ जीवन पाउनुहुनेछ भन्ने अभिलाशाको साथै उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पुर्ण सहयोगी र मनकारी हातहरुलाई धन्याबाद ज्ञापन गर्दछौ। साथै आगामि दिनहरुमा पनि येस्तै सहयोगको अपेक्ष्या गर्दछौ।
जय बाग्लुङ्ग समाज बेलायत
जङ्ग पुन
मिदिया सेक्रेटरी
बाग्लुङ्गे समाज बेलायत