आर्थिक सहयोग संकलन तथा हस्त्रान्त्रण

काठेखोला गाउँपालिका वडा नम्बर ४, तंग्राम निबासी श्री दिल बहादुर पुनज्युको माहिला छोरा लभ्सन पुनको दुवै मित्रौला फेल भएको र घरको आर्थिक अवस्था नाजुक भएको कारण परिवारले उपचार गर्न नसक्ने अवस्था भए पछि, परिवारको तर्फबाट देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण मनकारी महानुभावहरुमा आर्थिक सहयोगको आह्वान गरिए संगै विभिन्न ठाउँबाट आर्थिक सहयोगहरु संकलन हुने क्रम चल्यो ! यसै क्रममा तंग्राम समाज बेलायतले पनि यसमा समर्थन जनाउंदै सहयोग संग्कलन गर्ने निर्णय गर्यो तर सामाज त्यति बृहत र सम्पन्न नभएको कारण यो मुद्दा बाग्लुङ्गे समाज बेलायतकी अधक्ष्य श्रीमती छबिमायाँ पुनज्यु र उहाँको कार्य समिति समक्ष राखियो। बाग्लुङ्गे समाज बेलायतको कार्यकारिणी सदस्यहरुको बैठकबाट यो मुद्दालाई सहर्ष स्वीकार गरि, बाग्लुङ्गे समाज बेलायतका बर्न्मौथ क्षेत्रीय प्रतिनिधि श्री हर्क बहादुर पुनज्युको अगुवाईमा आर्थिक संकलन गर्ने अनुमति प्रदान गरीएको थियो। बेलायतबासी सम्पूर्ण बाग्लुङ्गे दाजु-भाई, दिदी-बहिनी, बाबा-आमाहरुका अत्यन्त सहयोगी भावनाले संकलित जम्मा रकम £1931.00 बेलायती पौण्ड (अक्षरुपि तीन लाख, एक हजार, एकसय पन्ध्र नेपाली रुपैयाँ मात्र ) श्री हर्क बहादुर पुनज्युले नेपाल पठाउनु भएको थियो। उक्त रकम गाउँका गन्य-मान्य, भद्र-भलाद्मीहरुको रोहबरमा, आर्थिक सहयोग समिति काठेखोला, ४ तंग्रामका सदस्य श्री हरि प्रसाद पुनज्युले यहि सेप्टेम्बर १६ तारिखको दिन पिडित परिवारमा हस्तान्तरण गर्नु भएको समाचार श्री हर्क बहादुर पुनज्युले दिनु भएको छ। आर्थिक सहयोग हस्त्रान्त्रण कायक्रममा बोल्दै, सहयोग समितिका सदस्य श्री हरि प्रसाद पुनज्युले यति ठुलो रकम संकलन गरि मिर्गौला रोगी श्री लाभ्सन पुनज्युको उपचारमा सहयोग पुराउनु हुने सम्पूर्ण बाग्लुङ्गे समाज बेलायतका मनकारी सदस्यहरुलाई पिडित परिवारको तर्फबाट साथै आफ्नो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै धन्यबाद दिनु भएको छ !
 
छिटो भन्दा छिटो आबस्यक रकम संकलन होस ! उहाँको मिर्गौला प्रत्यारोपण यथासिघ्र होस् ! भन्दै बाग्लुङ्गे समाज बेलायतकी अधक्ष श्रीमती छाबिमयाँ पुन तथा सम्पूर्ण बग्लुंगे समाजका सदस्यको तर्फबाट उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं !
 
नन्द पुन
वेब एडिटर
बाग्लुङ्गे समाज बेलायत

हार्दिक श्रदान्जलि

अन्तिम दिन, 4th September 2020,  यस् दु:खद घडी मा स्वर्गिय पूसै CSgt सेर बहादुर पुन ज्यु को अन्तेस्ति को दिन । बाचुन्जेल भेट हुन नपाए पनि अतिम दिन भए पनि भेट हुन लेखेको रहे छ सायद वहा ले राख्नु भएको होला भन्ने महसुस गरेको छु र जती टाढा भए पनि आज वहाँ लाई अन्तिम बिदाइ गरियो वहाँ को आत्मा को चिर शान्ति को कामना गर्दै स्वर्ग मा बास होस् भन्दै वहाँ का परिवार प्रती धर्य धारण गर्ने शाक्ति मिलोस भनि कामना गर्दछौ र मर्दा र पर्दा समाज अनि भए सम्म भाई खलक चाहिनछ भनेको हो रहेछ र यस् दु:खद घडी मा मद्घत पुराउनु हुने Nuneaton मगर समाज युके का अध्यक्ष राम राना ज्यु लगायत सम्पूर्ण कार्य समिती का पदाधिकारी ज्यु हरु ब्रिटिस गोर्खा भेटेरन एसोसिसन परिवारका अध्यक्ष ओम गुरुङ ज्यु लगायत सम्पूर्ण कार्य समिती का पदाधिकारी ज्यु हरु साथै त्यहा जो जस्ले सहयोग गर्नु हुने नेपाली दाजु भाई तथा दिदी बहिनी लाई On behalf of बाग्लुङ समाज युके को तर्फ बाट साथै साइ पुन भाईखलक को तर्फ बाट धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ |
 
We miss you Pusai
 
छबिमाया पुन
अध्यक्ष
बाग्लुङ समाज युके

 

प्रथम भीसी कुलबिर थापा

जङ्ग पुन, मेडिया सेक्रेटरी, बा स यु.के.

प्रथम भीसी कुलबिर थापा

पहिलो भी.सी. बिजेता नेपालका ह. कुलबिर थापा मगर ईस. बी. सम्बत १५ डिसेम्बर १८८८ मा पाल्पा जिल्लामा जन्मिनु भएको थियो । उहाँ ब्रिटिश इन्डियन अलर्मीमा भर्ती भै पहिलो विश्व युद्धको क्रममा २५ सेप्टेम्बर १९१५ को दिनमा सन्सारकै अनि ब्रिटिश साम्राज्यबादको सबै भन्दा ठूलो मान पदवी भिक्टोरिया क्रस उपाधी पाउने पहिलो नेपाली व्यक्ति हुनु हुन्थ्यो। उहाँको ३ अक्टोबर १९५६ सालमा ६७ बर्षको उमेरमा निधन भएको थियो

प्रथम भी.सी ह. कुलबिर थापा मगरज्युको सम्मान अनि सम्झनाको लागि बेलायतको अल्डर्शटमा उहाँको सालिक निर्माण गर्नको लागि बेलायत बासी नेपालीहरुका विभिन्न सघ संस्थाहरु, इन्टेकहरुले आर्थिक सन्कलन जुटाउने तयारी हुँदै गर्दा, हामी बाग्लुङ्गे समाज बेलायतले पनि बा. स. यु. के. का अध्यक्ष श्रीमती छबिमाया पुनज्युको सम्योजकत्वमा सम्पुर्ण बेलायत बासी बाग्लुङ्गे मनकारी दाजुभाई, दिदीबहिनीहरु, आमा बुवाहरु द्वारा सनकलित £१०१०.०० (एक हजार दश स्टर्लिङ्ग पौण्ड) सन्कलन गरेर GMP ग्रुपका कोर्डिनेटर मे. खिम गौचनज्यु, प्रबक्ता ओम काउचा थापाज्यु, GRNC का अध्यक्ष रामधन राईज्यु, र GRNC का कोषाध्यक्ष टोप पल्लिज्युलाई माथी उल्लेखित रकम समाजका अध्यक्ष श्रीमती छबिमाया पुनज्युले हस्तान्तरण गर्नु भएको थियो ।

उक्त दिनमा बाग्लुङ्गे समाज बेलायतको तर्फ देखि रकम हस्तान्तरण कार्यक्रममा आफ्नो सहभागिता जनाउंदै निम्न महानभावहरुको पनि उपस्थिती रहेको थियो ।
* अध्यक्ष: श्रीमती छबिमाता पुनज्यु
* उपाध्यक्ष:श्री खदक बाहादुर थापाज्यु
* सह कोषाध्यक्ष: श्री हिरा बाहादुर पुनज्यु
* सल्लाहकार: श्रीमती नरमती पुनज्यु
* एरिया सयोजक: फार्नबोरो हिरा बि क ज्यु
* सदस्यहरु: श्रीमती रुकमाया थापाज्यु र सुबास पुनज्यु

हामी बाग्लुङ्गेहरुको सधै सबैको एउटै भनाइ सेवा नै धर्म हो भन्ने विशेष भनाईलाई आत्मासाथ गर्दै सम्पुर्ण बाग्लुङ्गेहरुले एक्यवद्धता जनाउदै अगाडी बढिरहेका छौ। विशेष त नेपालमा दीन-दुखिहरु जो आर्थिक अवस्था अतिनै कमजोर भएका, अनि विभिन्न रोगहरु सङ्ग लडीरहेका बिरामिहरुको उपचार गर्नु पनि धौ धौ र कठिन अवस्थामा जीवन ब्यातित गरिरहनु भएका बिरामीहरुलाई पनि सहयोग पुर्याउदै आइरहेको छौ ।
अन्तमा सहयोगी मनका धनिहरु सम्पुर्ण बाग्लुङ्गे दाजुभाइहरु, दिदीबहिनिहरु, आमाबुवाहरुलाई बा स यु के समाजका अध्यक्ष लगाएत सम्पुर्ण पधादिकारिहरुको तर्फ देखि धेरै धेरै धन्याबाद टक्र्यौदै यहाहरुको सदैब माया अनि सहयोगको पनि अपेक्ष्या गदछौ ।
जय बाग्लुङ्गे

 

 

आर्थिक सहयोग हस्तान्तरण

प्रथम भीसी कुलबिर थापाज्युको सालिक निर्माणको लागि बाग्लुङ्गे समाज बेलायतले संकलित रकम Gurkha Memoriel Project team का कोर्डिनेटर मेजर खिम गौचनज्यु , GRNC का अधक्ष्य राम धन राई ज्यु, र GRNC का कोषाध्यक्ष टोप पल्लीज्युलाई बाग्लुङ्गे समाज बेलायतका अधक्ष श्रीमती छाबिमयाँ पुनको बहुलीबाट £1010.00 (बेलायति पौण्ड)को चेक हस्तान्तर गरिएको छ ! उक्त हस्तान्तारन कार्यक्रममा सहभागी हुनु भएका उपाअध्यक्ष खर्डक बहादुर थापाज्यु, सह-कोषाध्यक्ष हिरा बहादुर पुनज्यु, सल्लाहकार नरमती पुनज्यु, एरिया संयोजक (फर्नब्रो) हिरा बिकज्यु सदस्य हरू श्रीमती रूकमाया थापाज्यु र सुबास पुनज्यु तथा रकम संकलनमा सहयोक गरिदिनु हुने सम्पूर्ण बाग्लुङ्गे समाजकका सदस्यहरुलाई समाजका अधक्ष श्रीमती छाबिमयाँ पुनज्युले हर्दिक धन्यबाद दिनु भयो साथै आउदो दिनहरुमा पनि यसरी नै बाग्लुङ्गे समाज एकजुट भएर साजाजिक कार्यमा सेवा पुर्याउन हार्दिक अपिल पनि गर्नु भयो !

हार्दिक श्रदान्जली

बाग्लुङ्गे समाज यु के का  सल्लाहकार/भुपु उपाध्यक्ष श्री महेन्द्र के सी ज्युको पुज्यनिय पिता बाग्लुङ जिल्ला भिमपोखारा निवासी स्व. श्री देब बहादुर खत्री ज्युको मणिपाल अस्पतालमा उपचारको क्रममा मिति 2077 जेस्ठ 11 गते को दिन ७९ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी बाग्लुङे समाज युके परिवार अत्यन्तै मर्माहत भएका छौं। यस दु:खद घडीमा बासयुकेका अध्यक्ष श्रीमती छबिमया पुन साथै समाजको तर्फबाट मृतकको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्द्छौं। शोक सन्तप्त परिवारमा गहिरो सहानुभुतीका साथ धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समबेदना प्रकट गर्दछौं।

बाग्लुङ्गे समाज बेलायत  परिवार