गल्कोट- ३ हटियामा सम्पति तथा भूमि कर संकलन सुरु पहिलो दिन रु २ लाख ५४ हजार संकलन !

घनश्याम गोैतम २०७५ पुस ४ । गल्कोट नगरपालिका वडा नं ३ हटियामा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व नीति अनुरुप गल्कोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गल्कोट नगरपालिका वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले जनाकारी दिए । कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद लिई आउन सकिने वडा अध्यक्ष भण्डारीको भनाई थियो । बडा कार्यालयमा कर संकलन कार्य सञ्चालन गरिएको छ ।

आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानको पहिलो दिन वडा नं ३ हटियामा स्थानियको उत्साहजनक सहभागिता रहेको थियो । आज वडा नं ३ का १ सय ४६ घरधुरीले सम्पति तथा भूमि कर तिरेका छन भने पहिलो दिन २ लाख ५४ हजार २ सय ८४ रुपैया राजश्व संकलन भएको वडा सचिव आनन्द प्रसाद शर्माले जानकारी दिए ।

पुस ७ गतेसम्म सञ्चालन हुने यस घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुट रहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । कर संकलन अभियानको बडा अध्यक्ष वीरजंग भण्डारी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमले संयुक्त रुपमा स्थानिय हरिलाल उपाध्यायलाई कर बुझाएको रसिद हस्तान्तरण गरि अभियानको शुभारम्भ गरेका थिए । बिहान १० बजेदेखि कर बुझाउन सकिने वडा कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिकाको काम बजारबाट सुरु

बागलुङ, ३ पुस
बागलुङ नगरपालिकाले साविकको जिल्ला कृषि विकास कार्यालयमार्फत आफ्नो काम सुरु गरेको छ । यस अगाडि रात्माटामा रहँदै आएको नगरपालिकाको कार्यालयलाई बागलुङ बजारमा सार्ने योजनाअनुसार साविकको जिल्ला कृषि विकास कार्यालयबाट काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पहिलो पटक साविकको जिल्ला कृषि विकास कार्यालयमा नगरकार्यपालिकाको बैठक राखेर काम सुरु गरेको थियो । जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि सिमित कर्मचारी रहेको कृषि ज्ञान केन्द्र तथा आलु जोन कार्यक्रमको सम्पर्क कार्यालय रहको उक्त भवनबाट नगरपालिकाको मुख्य कार्यालय, कृषि विकास शाखा र यस अगाडि रहेका कृषि ज्ञान केन्द्र र आलु जाने कार्यक्रमको सम्पर्क कार्यालय यसै भवनबाट सञ्चालित हुनेछन् ।
नगरपालिकाले संघीयता कार्यान्वयनसँगै खारेजीमा परेर खाली रहेका भवनहरुबाट आफ्नो सेवा प्रदान गर्ने योजना अनुसार विभिन्न भवनहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ । साविक महिला विकासको भवनमा नगरपालिकाको महिला विकास शाखा, न्यायीक इजलास तथा अल्पकालिन महिला सेवा केन्द्र तथा भुसंरक्षण भवनबाट नगरपालिकाको सहकारी कार्यालयको सेवा दिन सुरु गरिसकेको छ ।
नयाँ कार्यालयमा सुरु भएको नगरकार्यपालिकाको बैठकमा कर्मचारी समायोजन, नगरपालिकामा आउने विशेष अनुदान तथा समपुरक अनुदानका विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ । सरकारी संपत्तिको सही संरक्षण गर्ने उद्देश्य अनुसार स्थानीय तहमा हस्तान्तरण भएका कार्यालयबाट सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

बागलुङका तीन स्थान पर्यटकीय गन्तव्यको सूचीमा

समाचार खबरवे अनलाइन बाट साभार गरिएको हो

सरकारले देशभरका पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेको हो ।
सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यको सूचीमा बागलुङको कालीका मन्दिर, भैवस्थान, गाजा दह, ढोरपाटन शिकार आरक्षणलाई समावेश भएका छन् । सरकारले स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरेर करिब दुई सय गन्तव्य पहिचान गरेको छ। जसमध्ये नयाँ गन्तव्यमात्र एक सय छन् ।

सूचीमा स्थापित र प्रवद्र्धन गर्नुपर्ने सूचीमा पर्वतको सालीग्राम सेतीवेणी, गुप्तेश्वर गुफा, दुर्लुङ्ग, क्यानोनिङ्ग, केभिङ्ग होमस्टे, महाशिला, मुस्ताङको मुक्तिनाथ, जोमसखोम, दामोदर कुण्ड, लोमान्थाङ दरबार र गुफा क्षेत्र, म्याग्दीको पुनहिल, तातोपानी, दाउन्नेदेवी, गलेश्वर मन्दिर, घोरेपानी, पर्यटकीय क्षेत्र, रद्युगंगा, रुईसेडाडादेखि धवलागिरी आईसफलसम्म पदमार्गलाई समावेश गरिएको छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत् आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यको पहिचान तथा विकास गर्ने उल्लेख गरेको छ । मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्यको विकासका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट रकम बाँडफाँड हुने बताइएको छ ।
‘सूचिमा उल्लेखित नयाँ विकास गर्नुपर्ने गन्तव्यमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाँड गरिने छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका अतिरिक्त थप प्रचारप्रसार गरी प्रवद्र्धन गरिने स्थापित मन्तव्यको समेत संलग्न सूची रहेको जानकारी सम्बन्धित सबैमा गरिन्छ।’

बागलुङ बजारदेखि पाङ्ग जोडने नेपालकै अग्लो पुल

बागलुङ बजारदेखि पाङ्ग जोडने नेपालकै अग्लो पुल बनाउँन अर्थको स्वीकृती

साभार – खाबरवे अन्लाइन पत्रिका

बागलुङ र पर्वतको पाङ जोड्ने मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुलुककै सबैभन्दा लामो हुने उक्त पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थमन्त्रालयले सहमति दिएसँगै पुल निर्माणको काम सुरु भएको हो ।
बागलुङ नगरपालिका वडा नं. १ रामरेखा र कुश्मा नगरपालिका वडा नं. १ पाङ अदुवावारी जोड्नेगरी निर्माण गर्न लागिएको पाँच सय ६७ मिटर लामो र एक सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया अगाडि बढेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाले बताउनुभयो ।
२०५९ सालदेखि पुल निर्माणको चर्चा चलेपनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो । बागलुङ नगरपालिकाले उक्त स्थानमा पुल बनाउँने सक्रियता देखाएसँगै सस्पेन्सन ब्रिज डिभिजनले पुनः सर्वे गरेर पुल निर्माणको कामलाई अगाडि बढाएको थापाले बताउनुभयो । तीन महिना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो ।
अर्थ मन्त्रालयले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद गर्न ४० लाख रुपियाँ बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया सुरु भएको प्रमुख थापाले बताउनुभयो । ‘हामीले यही पुल निर्माण गर्ने भनेरै लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेका थियौं, अर्थ मन्त्रालयले बजेट स्वीकृतपछि मेसिन खरिद र निर्माणको प्रक्रिया एकसाथ अगाडि बढाउँने सोंच बनाएका छौं ।’ थापाले भन्नुभयो ।
बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवावारीसम्म पुग्नका लागि ठूलो खोंच क्रस गरेर हिड्नेपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ बजारसँग व्यवसायीक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका केही वडा र जलजला गाउँपालिकाका केही वडावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेगरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडिनै दवाव दिइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
बागलुङ नगरपालिकाको तर्फबाट पटक पटक पुल निर्माणका लागि दवाव दिएपनि प्रविधि अभावका कारण पुल निर्माणको काम अगाडि बढ्न नसकेकोमा अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया अगाडि बढ्ने पौडेलले बताउनुभयो । ‘हामीले यहाँ पुल निर्माण गर्ने विषयमा सम्बन्धीत सबै निकायलाई झक्झकाइरहेका थियौं, अर्थमन्त्रालयबाट लठ्ठा तान्ने प्रविधि खरिदका लागि बजेट स्वीकृत गर्नका लागि पटक पटक दवाव सिर्जना गरेपछि सफल भएका छौं, अबको केही समयमा पुल निर्माणको प्रक्रिया अगाडि बढ्छ ।’ पौडेलले भन्नुभयो ।
कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिक माथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । २०५९ सालमा पाँच करोड ८४ लाख रुपियाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि करिब १० करोड रुपियाँ खर्च हुने सस्पेन्न ब्रिज डिभिजन कार्यालयका इन्जिनियर बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

नरेन्द्र घर्ती मगरलाई आर्थिक सहयोग

नरेन्द्र घर्ती मगरलाई आर्थिक सहयोग

बाग्लुङ्ग समाज बेलायतले बिगत लामो समय देखि गम्भीर प्रकारका रोग र समस्या वा बिपतीमा परेकाहरुलाई सक्दो सहयोग गर्दै आएको छ । येति खेर पनि बाग्लुङ्ग, ताराखोला निवासी नरेन्द्र घर्ती मगर, उहाँ रोजगारीको सिलशिलामा बिदेश जाने क्रममा अतिनै जतिल जोखिम, भयानक रोग अपलास्तिक अमेनिया ( Aplastic Amenia ) रोग सङ्ग लदिरहनु भएको थियो । 10 दिसेम्बर 2018 को दिन बाग्लुङ्ग समाज बेलायतले एउता महत्वपुर्ण कार्य गर्न सफल भएको छ । उपचारको लागि आफ्नो आर्थिक अवस्था कम्जोर भएकै कारण आफै जुताउनु सम्भब थिएन र आर्थिक सङ्कलन जुताउनुको लागि पुर्ब संविधान सभाका सद्स्य केशरी घर्ती मगर ज्युको पहलमा उहाँ  औपचारिक बेलायत भ्रमणको अवसरमा बाग्लुङ्ग समाज बेलायतका पुर्ब अध्याक्ष्य दीपक कुमार काउचा लगाएत सम्पुर्न कार्यसमितिहरु समक्ष आर्थिक सहयिगको लागि अपिल गर्नु भएको थियो । र सम्पुर्ण सहयोकी भावनाका धनी मन्कारी बाग्लुङ्गेहरु बाट रु 3,02,000.00 (तीन लाख दुई हजार रुपैंया)सङ्कलन गर्न सफल भएको थियो,उक्त सन्कलित रुपैंया पुर्ब सभासद केशरी घर्ती मगर ज्यु र गोल्द मिदियाका मिदिया कर्मी झङ्कार बुधा मगरज्युको रोहबरमा नयाँ निरर्बाचित बाग्लुङ्ग समाज बेलायतका अध्याक्ष श्रीमती छवि मायाँ पुन ज्युले उक्त रकमको चेक हस्तान्तरण गर्नु भयो । उहाँ परिवारिक भेटघाटको लागि छोटो समयको लागी नेपाल बिदामा हुनुहुन्छ । रकम संकलनको लागि समाजका कोषाध्यक्ष हरि घर्ती मगरज्युले मुख्य भुमिका निभाउनु भएको थियो। उक्त सङ्कलित रकमले पक्कै पनि नरेन्द्र घर्ती मगर ज्युको उपचारको लागि उर्जा मिल्ने छ र उहाँले नयाँ जीवन पाउनुहुनेछ भन्ने अभिलाशाको साथै उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पुर्ण सहयोगी र मनकारी हातहरुलाई धन्याबाद ज्ञापन गर्दछौ। साथै आगामि दिनहरुमा पनि येस्तै सहयोगको अपेक्ष्या गर्दछौ।
जय बाग्लुङ्ग समाज बेलायत

जङ्ग पुन
मिदिया सेक्रेटरी
बाग्लुङ्गे समाज बेलायत