ढोरपाटन बाढी पहिरो पिडितहरुको लागि आर्थिक सहयोग हस्त्रान्त्रण

ढोरपाटन बाढी पहिरो पिडितहरुको लागि आर्थिक सहयोग हस्त्रान्त्रण

Please share this news to the world !

जंग पुन
मेडिया सेक्रेटरी बा स यु के 

यो कोबिद १९ कोरोनाले सन्सार लाइ आक्रान्त बनाइ रहेको बेला हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको तहस नहस त थियो नै तेहि माथी बाग्लुङ्ग जिल्ला ढोरपातन न पा वार्ड् न ७, ८, ९ मा गत १७ भाद्र २०७७ को राती अबिरल बर्षाको कारण पुरै गाउ नै ध्वस्त बनाइ बगरमा परिणत बनाइ दियो । धेरै धनजनको क्षेती भएको विभिन्न सामाजिक सन्जाल द्वारा देखियो र वाहहरुले भोगेका दुख कष्ट पिरहरु हामिहरु सम्पुर्णले आफुले नै भोगेको अनुभुति गरि बाग्लुङ्गे समाज बेलायतले पनि ती पिडितहरुको दुखेको घाउलाइ केहि हद सम्म भए पनी मलम पत्ती लगाउनु पर्दछ भन्ने हेतुले बाग्लुङ्ग समाज बेलायतले अध्यक्ष श्रीमती छबिमाया पुनज्युको अध्यक्षतामा बरिस्ठ उपाध्यक्ष श्री धन बुधाथोकीज्यु ,उपाध्यक्ष खदक थापाज्यु र अर्का उपाध्यक्ष भोजराज कदेलज्यु हरु सहित महासचिव मित्र थापाज्युले सम्पुर्ण कार्य समिती हरु लागाएत सल्लाहकार हरुज्यु समेतको जुम बैठक सन्चालन गरि आर्थिक सड्ढलन गर्ने निर्णय गरि १ महिनाको समयावधि तोकेर समाजका कोषअध्यक्ष हरि घर्ती मगरज्युको संयोजकत्वमा आर्थिक सङ्कलन गर्नु पहल भएको थियो । सम्पुर्ण बाग्लुङ्गे मनकारी सदस्याज्यु हरु साथै गैर बाग्लुङ्गे दाजु भाइ दिदी बहिनिहरुले पनि त्यो दर्द्नायक अवस्थाको भिदिओ फोटोहरु हेरर मन थाम्न नसकि सहयोग गरिदिनु भएकोछ । समाजका धेरै सदस्यज्यु हरुले धेरै मेहनेतको साथ लागि परेर यो कार्यलाइ सफल बनाउनुको लागि ठूलो भुमिका खेल्नु भएको छ यो अतिनै सहरानिय कार्य भएको छ साथै हाम्रो समाजको अस्तित्व कायम गर्नुको लागि धेरै मदत गर्नु भएकोछ । यो समाज एउटा कुनै जातजाती धर्म लिङ्ग बर्ग र कुनै पनि राजनिती बिनाको शुद्ध समाज भएको ले तपाईं हामी सम्पुर्ण को दायित्व पनि हो ।जो जसले आ-आफ्नो ठाउँ बाट विभिन्न कोण देखि सहयोग गर्नु भएको छ र भबिस्यमा पनि एस्तै सहयोगको अपेक्षा पनि गर्दछौ ।

२२ अक्तोबर २०२० को दिन समाज ले सड्ढलन गरेको रकम हस्तान्तरण गर्नुको लागि बाग्लुङ्गे समाज बेलायत्को तर्फ देखि प्रतिनिधित्व गरि हाम्रो आग्रह लाई सहजै स्वोइकारी दिनु भै सहयोग हस्तान्तरण गर्नुको लागि प्रत्यक्ष ढोरपारन नगर पालिकाको प्राङ्गणमा सहभागी हुनु भएकाहरुमा गल्कोट नगर पालिकाकी उपमेयर रेनुका काउचाज्यु , महिला सन्जाल बाग्लुङ्ग कि अध्यक्ष अनि सामाजिक अभियान्ता कुशुम बुढाज्यु , नेपाल मगर समाज बाग्लुङ्ग जिल्लाका अध्यक्ष गनेश थापाज्यु , स्थानिय ढोरपातनकी लोक तथा दोहरी गायिका पछिल्लो सनयमा यानिमाया गीत् की रानी भनेर चिनिने चर्चित् गायिका तिर्सना घर्ती मगरज्यु, साथै बाग्लुङ्ग बुद्ध बिहारकि महिला अध्यक्ष सुनमाया थापा मगरज्यु (भोलेन्तिएर) ज्यु ले ढोरपातन न पा का मेयर श्री देब कुमार नेपालिज्यु लाइ रकम हस्तान्तरण गर्नु भएको थियो ।नेपाल मगर सघ बाग्लुङ्ग्का सचिब स्याम पुनज्यु अस्वास्थ्याको कारणले कार्यक्रममा उपस्थिती हुन सक्नु वाह लाई पनि धन्यावाद दिनु चाहनछौ ।वाहहरुले बाग्लुङ्गे समाजको प्रतिनिधित्व गरि दिनु भएको मा हामी सम्पुर्ण बेलायत बासी बाग्लुङ्गेहरुको तर्फ देखि धेरै धेरै धन्याबाद ।पत्रकार माहासघ बाग्लुङ्ग्को सल्लाहकार अनि धौलागिरी एफ .एम का स्तेसन म्यानेजर उमाकान्त सर्माज्युको पनि उप्स्थिती रहेको थियो ।धन्याबाद सर्माज्यु हजुर आफै प्रत्यक्ष उपस्थित भै समचार सम्प्रेषण गरिदिनु भएको मा हजुर लगाएत सिङ्गो धौलागिरी एफ यामलाइ पनि धन्यावाद दिन चाहनछौ बाग्लुङ्ग बजार बासि हरु द्वारा सुचना प्राप्त अनुसार धौलागिरी एफ एम ले राहत बितरण बारे समचार प्रसारण गरिएको जानकारी प्राप्त भएकोछ।

ढोरपातन नगर पालिकाको मेयर श्री देब कुमार नेपालिज्युले बाग्लुङ्गे समाज बेलायतले गरेको उल्लेखेनिय सहयोगको बारेमा खुलेर प्रशसा साथै बाग्लुङ्गे समाज बेलायतको सहयोग रकमले दुई वता घर निर्माण गरिने प्रतिबद्धता पनि जाहेर गर्नु भएको छ ।र आर्थिक रकम बुझेको भर्पाइ अनि प्रशसा पत्र पनि दिनु भएको याहहरुलाइ जानकारी गराउदछौ। जस जसले यो कार्यलाइ सफल बनाउनु मद्दत गर्नु भयो प्रतक्ष्या वा अप्रतक्ष्या रुपमा वाह हरु सम्पुर्ण लाई बाग्लुङ्ग समाजका अध्यक्ष श्रीमती छवि मायापुनज्यु लगाएत कार्य समिती साथै सम्पुर्ण बाग्लुङ्गेको त्रफ देखि धेरै धेरै धन्याबाद तक्र्याउन चाहन्छौ ।र ढोरपातन न पा का मेयेर श्री देब नेपालिज्यु साथै वाह्को सम्पुर्ण समितिहरुले गरेको प्रतिबद्दता जुन घर निर्माणकार्यको परियोजना तयार गरि सम्पन्न गर्नु हुनेछ भन्ने बिस्वास्त छौ ।अनि सम्पुर्ण योजनाहरु पारदर्शिता साथ सहि तरिकाले सदुपयोग हुनेमा पनि बिस्वस्त छौ ।
 
ढोरपाटन बाढी पीडित सहयोग रकम एस प्रकार छ । बेलायत बासी बाग्लुङ्गे हरु साथै गैर बाग्लुङ्गेहरु द्वारा जम्मा संकलन £6783 मा IME बाट 0.7% कमिसन स्वरूप £47.48p जम्मा रकम £6830.48p पथाए को छ ।पठाउने दिनको दर भाउ
£1x Rs149.49.
£6830.48x 149.49 = 1021089
जम्मा रकम रु 1021089.
 
साथै नेपालमा बाग्लुङ्ग बजार Ex 6 GR 21160740 सार्जन्त सुर्जबाहादुर थापाज्यु बाट नेपाली रु 10,000 दस हजार रुपया सहयोग गर्नु भएको छ र वाहलाइ पनि धेरै धेरै धन्याबाद दिनु चाहन्छौ । र बेलायतमा आर्थिक सहयोग गर्नु हुनेमा मेजर रिताएर देभिद अगर साहेब 1/2 GR ले सबै भन्दा धेरै सहयोग कर्ता भै £ 205 ने रु ३०,६४५..४५ गरि सहयोग गर्नु भएको मा वाहलाइ समाजको तर्फ देखि धन्याबद दिनु चाहन्छौ ।
 
रु 10000 +1021089 = 10,31,089 दस लाख एकतिस हजार उनानब्बे रुपया भएको छ ।
खर्च विवरण (ब्यानरको रु 1000. यातायात को 21,000 )खर्च जम्मा ने रु 22,000.00 भएकोछ । RS 10,31,089 — 22,000.00 = जम्मा ने रु 10,09,089.00 अक्षेरुपी दस लाख नौ हजार उनानब्बे रुपया ढोरपातन राहत कोषको लागि मेयर देब कुमार नेपालिज्यु लाई हस्तान्तरण गरियेको छ ।
प्रसङ्सा पत्र, भौचर, र फोटहरु पनि प्राप्त भएको छ हेर्नू होला ।
नोत: ब्यानरमा मिति गल्ती(२०७७ हुनु पर्नेमा २०७६) भएको छ एस्को लागि माफी चाहन्छौ ।
धन्याबाद !   जय बाग्लुङ्गे

जङ्ग पुन

मिदिया सेक्रेटरी
बा स यु के
Nanda Pun/ Web Editor BSUK

Comments are closed.