कोरोनाको महामारीले गर्दा २ बर्षदेखी संचालन हुननसकेको बार्षिक भेटघाट कार्यक्रम अन्ततः ३० अप्रिल २०२२ शनिबारको दिन भब्य तथा सब्यरुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम यू के बासि सम्पूर्ण बाग्लुङ्गे तथा गैर बाग्लुङ्गेहरुको भेटघाट तथा नेपाली नयाँ बर्षको शुभ कामना आदन प्रदान गर्ने गरि फार्नबोरो स्थित स्यामुयल कोडी स्पोर्ट कलेजमा संचालन भएको थियो भने उक्त कार्यक्र्मको संयोजक बाग्लुङ्गे समाज यू के का उपाध्यक्ष मेजर रिटायर्ड रुद्र छन्त्याल ज्युले गर्नु भएको थियो। हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै विशिष्ट अतिथिको रुपमा पर्वत समाज यु के का अध्यक्ष श्री नेत्र आले ज्यु र गुल्मी समाज यु के का अध्यक्ष श्री तोप पल्ली मगर ज्यु को आगमनले कार्यक्रमको शोभा बढाई दिनु भयको थियो भने उहाँहरुलाई अध्यक्ष ज्युले खादा दियर सम्मान र स्वागत गर्नुभयको थियो साथै बाग्लुङ्गे समाज यु के उहाँहरु पर्ती हार्दिक आभार प्रकट गर्दछ। करिब १२ : ३५ मा महासचिब शेर पुनज्युको सेफ्टी ब्रिफ पश्चात संस्थापक अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड राजन मल्ल, निबर्तमा अध्यक्ष श्रीमती छाबिमाया पुन र वर्तमान अध्यक्ष श्री धन बुढाथोकी द्वारा पानसमा दिप प्रज्ज्वलन गरि संयुक्तरुपमा उदघाटन गरियको थियो।
गत दुई बर्षमा मृतु वरण गरेका बाग्लुङ्गेहरुको सम्झनामा २ मिनेटको मौन धारणा पश्चात नेपाली राष्ट्रिय गान बजाएर कार्यक्रमको शुरुवात गरियको थियो भने कार्यक्रम संयोजक रुद्र छन्त्याल ज्युले स्वागत मन्तब्य दिनुभएको थियो। सोही समयमा टिपन टापन खुलेको जानकारी गराउदै हाम्रो निम्तोलाई स्वीकार गर्दै नेपालबाट पाल्नुभएका ख्यातिप्राप्त कलाकारहरु अनुपा मगर, रेशम निर्दोश साथै अतिथि कलाकार कृष्ण ओख्रेलीलाई समाजका बर्तमान अध्यक्ष श्री धन बुढाथोकी ज्युले खादा दियर सम्मान गर्नुभएको थियो भने समाजको लागी आफ्नो पहिलो मन्तब्य राख्नु भएको थियो। तेसपछी हामी मुख्य कार्यक्रमको शुरुवाती तिर आईसकेका थियौं।
हाम्रो मुख्य कार्यक्रम भनेकै मनोरन्जनात्मक कार्यक्रम थियो र यसलाई बि एफ बि एस गोर्खा रेडिय मा कार्यरत मिठो स्वरकी धनि श्रीमती रुपा राना ज्युले संचालनको जिम्मेवारी लिनुभयो, जसमा ख्यातिप्राप्त कलाकार द्वय अनुपा मगर र रेशम निर्दोशबाट प्रस्तुत गरियको एकल प्रस्तुति बाट मनोरन्जनात्मक कार्यक्रम शुरु भएको थियो । साथमा नेपाल बाटै पाल्नु भएका अतिथि कलाकार कृष्ण ओख्रेलीले पनि एकल प्रस्तुति दिदै मनोरंजन दिन सफल हुनुभयो। बिच बिचमा बाग्लुङ्गे चेली बिना पुनको एकल नृत्य साथै कुशल सारंगी वादक गिरी बहिकको साथमा रेशम निर्दोश र अनुपा मगर को प्रस्तुतीले झनै रोचक र रौनक थप्न सफल रहयो। यी प्रस्तुतिहरुमा बाग्लुङ्गे दाजु भाई तथा दिदि बहिनीहरुले पनि मनोरंजन लिदै साथ दिई रहेका थिय।
कार्यक्रमको मध्यममा आइपुग्दा कलाकारहरुलाई छोटो बिश्रामको अवशर दिदै स्कुल र कलेज लेभलमा उच्च अंक ल्याउन सफल साथै मास्टर डिग्री र पीएचडी प्राप्त गर्न सफल विधार्थी भाई बहिनीहरुलाई समाजका अध्यक्ष श्री धन बुढाथोकी ज्युले खादा दियर सम्मान साथै बधाई ज्ञापन गर्नुभएको थियो। सोही समयमा समाजका बरिष्ट उपाध्यक्ष श्री मित्र थापा ज्यु र युवा संयोजक श्री गुमानसिङ्ग थापा ज्युले राफल ड्रो संचालन गर्नु भयको थियो। उक्त राफल ड्रो को लागी पहिलो, दोश्रो र तेश्रो पुरस्कार स्पोन्सर गर्नु हुने क्रमश: नबिन जेवेलार्स अल्डरसट, ए स्टार फैनान्सियल सोलुसन, मेजर रिटायर्ड रुद्र छन्त्याल ज्यु र उहाँको श्रीमती बिष्णु छन्त्याल, टिकट बिक्रीमा सहयोग गर्नुहुने प्रेरणा खड्का र अन्य सहयोगी मनहरुलाई अध्यक्ष ज्यु र समाजको तर्फ देखिन हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
कलाकारहरुको छोटो बिश्राम पश्चात बाग्लुङ्ग जिल्लाको मौलिक भाकामा दोहोरी घम्सा घम्सी सुरु भयो, जसमा आमन्त्रित कलाकारहरुको साथमा दोहोरी गाउन इच्छुक बाग्लुङ्गेहरुको पनि साथ रहयो। दोहोरी चलि रहदा यता बफेट पनि खुलिसकेको थियो भने दोहोरी सकिन साथ नौमती प्रतिनिधि श्री भिम थापा ज्यु को संयोजकमा नौमती बाजाको प्रस्तुती सुरु भयो। नौमती बाजा बजिरहदा को बृद्ध को बालक सबैले नाचेर मनोरंजन लिय। करिब बेलुकी ७ बजे निबर्तमान कार्यसमितिका सम्पूर्ण पधाधिकारी ज्यूहरुलाई बिदाई तथा नयाँ कार्य समितिलाई स्वागत गरियको थियो।
यसको लगत्तै फेरी बाग्लुङ्ग जिल्लाको अत्त्यन्तई चर्चित मौलिक भाका झ्यामरे सुरु भयो, जसमा सबैले साथ दिईरहेका थिए। सबैको नाचमा बाग्लुङ्गेको मौलिक परिचय झल्किरहेको थियो भने बातावरण बाग्लुङ्गेमय बनेको थियो। झ्यामरे भाकामा रमाई रहदा समयले डाँडा काटेको पत्तै भयनछ। करिब रातको १० बजे स्वफूर्त साफ सफाईको साथ कार्यक्रम अन्त्य भएको थियो। अन्त्यमा, २०२२ सालको बाग्लुङ्गे बार्षिक भेटघाट तथा शुभ कामना आदान प्रदान कार्यक्रम भब्य र सब्यरुपमा सफल पारिदिनु भयकोमा सम्पूर्ण उपस्थित बाबा आमा, दाजु भाई, दिदि बहिनि र बाबु नानीहरु, आमन्त्रित कलाकारहरु, विशिष्ट पाउनाहरु, नौमती बाजासमुह, गोर्खा मेडिया का मिलन तमु, कार्यसमितिका सम्पूर्ण पधाधिकारी ज्युहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा समाजका अध्यक्ष श्री धन बुढाथोकीज्युको तर्फ़ देखिन हार्दिक धन्यवाद ज्ञापन गर्नुभयको छ भने शुरु देखिन अन्त्य सम्म प्रवेश द्वारमा बसी टिकेट बिक्रि बितरण गर्नुहुने कोषाध्यक्ष श्री हिरा पुनज्यु, सह मेडिया सचिब भान्जा याम श्रेष्ठज्यु, जलपानको बेवास्था साथै बितरण गर्नुहुने श्री भिम थापाज्यु र ड्रिंक वितरणमा सहयोग गर्नुहुने सम्पूर्ण भान्जीहरु, खान प्रोभाईड गर्नुहुने एम्पायार हालका प्रोप्राईटर श्री पुरन गिरी ज्यु, र साउण्ड सिस्टम उपलब्ध गरिदिनुहुने गोर्खा साउण्ड सिस्टमका प्रोप्राईटर श्री लेख रानाज्युलाई अध्यक्ष ज्युले बिशेष धन्यवाद दिनुभयको थियो। कार्यक्रम को फोटोग्राफी र भिडियो सह कोषाध्यक्ष श्री जंग पुन ज्यु र वेब डिजाईनर नन्द पुन ज्युले गर्नु भयको थियो भने तयारी हुनसाथ् आउदा दिनहरुमा कमश: पोस्ट गर्दै जाने छौँ। धन्यवाद।
जय बाग्लुङ्गे समाज यू के
भवदीय :
बिसन थापा
मेडिया सचिब बा स यू के